११ मंसिर २०८१, मंगलवार
,
Latest
न्यायको बोर्डमा किन पोतियो कालो ‘पूर्णबहादुरको सारंगी’विरुद्ध प्रतिलिपि र प्रहरीमा उजुरी न्यायाधीश नियुक्तिबारे छलफल गर्न न्यायपरिषद्‌को बैठक जारी बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान–श्रीमति र छोराछोरीको उपचार खर्च पनि व्यहोर्ने को हुन् अल्लाह गजानफर ? जसलाई मुम्बईले ४.८० करोड रुपैयाँमा किन्यो छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गरौँः स्वास्थ्यमन्त्री करोडपति बनेपछि विवादमा वैभव सूर्यवंशी, उमेरमा उठ्यो प्रश्न सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या: राष्ट्रसङघ धान झाँट्दै बाबुराम- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकृष्ण खाँणले आफूलाई निर्दोष प्रमाणित गर्छु भन्नुभएको छ– कांग्रेस प्रवक्ता महत



file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका पार्टी केन्द्रीय सदस्य बालकृष्ण खाणले आफूलाई निर्दोष प्रमाणित गर्छु भन्नुभएको बताउनुभएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा महतले खाणले आफूलाई निर्दोष प्रमाणित गर्छु भनिरहेकाले पार्टीले उहाँलाई निलम्बन नगरेको बताउनुभयो ।

पूर्वगृहमन्त्रीसमेत रहनुभएका नेता खाण उक्त प्रकरणमा मुछिएर पक्राउ परेपछि पार्टीभित्र उहाँलाई निलम्बन गर्नुपर्ने माग भइरहेको बेला पार्टीले उहाँलाई निलम्बन नगर्नुपर्ने कारणबारे धारणा सार्वजनिक गरेको हो ।

“निर्दोष रहेको उहाँले भनिरहकाले उहाँलाई निलम्बन नगरिएको हो”, प्रवक्ता महतले भन्नुभयो, “यसबारे अनुसन्धान परिपक्क र स्वतन्त्र हुनुपर्छ, कांग्रेसले पनि अनुसन्धानमा सहयोग गर्छ ।”

नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरोहसँग लेनदेन गरेको आरोप लागेपछि खाणलाई गत वैशाख २७ गते प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।