६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरणार्थी प्रकरणमा संलग्नहरूमाथि राष्ट्रद्रोहको मुद्दा पनि चलाउन संसदमा संकल्प प्रस्ताव दर्ता



अ+ अ-

काठमाडौँ । रास्वपा सांसद सुमना श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदमा विशेष छलफल गर्न र सरकारलाई आवश्यक निर्देशन दिन संकल्प प्रस्ताव दर्ता गराउनुभएको छ । ‘यो प्रकरणप्रति सदन र सरकारलाई उत्तरदायी बनाउन आवश्यक निर्देशन दिन आज मैले संकल्प प्रस्ताव दर्ता गराएकी छु,’ उहाँले भन्नुभयो ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउन गृह मन्त्रालयसमेतका उच्चपदस्थ कर्मचारी र पदाधिकारीहरूले घुस लिएको, सचिव र मन्त्रीको पद दुरुपयोग गरी मन्त्रालयमा भएको संवेदनशील सरकारी कागजात (कार्यदलको प्रतिवेदन) गैरकानुनी तवरले हेरफेर, नष्ट र किर्ते गरेको, राजनीतिक दलका नेता र कर्मचारीले मानव तस्करी (बेचबिखन)का लागि बिचौलियासँग पैसा उठाएको र सयौँ नेपाली नागरिक भुटानी शरणार्थीको रूपमा तेस्रो मुलुकमा तस्करी भइसकेको भन्ने सूचना आएकाले निष्पक्ष र प्रभावकारी अनुसन्धान हुनुपर्ने उनको माग छ ।

‘त्यसकारण यस प्रकरणमा भ्रष्टाचार (घुस, सरकारी कागजात किर्ते र नीतिगत भ्रष्टाचारसमेत), संगठित अपराध (मानव तस्करीरबेचबिखन उद्योग) र राष्ट्रद्रोह (नागरिकलाई अर्कै मुलुकको नक्कली शरणार्थी बनाउने कार्य गरी राज्य र नागरिकप्रति घात/द्रोह)मा कुनै कसर बाँकी नराखी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न सरकारलाई निर्देशन दिनुपर्छ,’ प्रस्तावमा छ । संकल्प प्रस्तावमा निर्देशनका १० वटा विषय उल्लेख गरिएको छ । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ।