• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   हज समितिमा अनियमितता : सांसद अशिम शाह र पूर्व अध्यक्ष मियाँको भूमिका शंकास्पद ★   सरकारले सबैखाले विपदबाट क्षति भएका घरको पुनर्निर्माणका लागि अनुदान दिने ★   सन्दिप प्रकरण: आफू बिरुद्ध ‘नियोजित षडयन्त्र गर्नेलाई’ कानूनी दायरामा ल्याउने पारस खड्काको चेतावनी ★   लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान ★   कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह ★   पितापुर्खाको सीप पछ्याउँदै मह सिकार ★   संघ सरकारले कानून निर्माणमा ढिलाइ गर्दा प्रदेशमा कानून कार्यान्वयनमा समस्या आयोः मन्त्री लेखी ★   भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन ★   पाठेघरको अप्रेशनका क्रममा सिकारु डाक्टरले लापरबाही गरी दुवै पिसाब नली काटिदिएको पीडितको आरोप ★   गृहसचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन

गहना निर्माणमा विदेशी कामदारको भर, वार्षिक रु ३० अर्ब विदेशिन्छ



काठमाडौँ । सुनचाँदी व्यवसायमा काम गर्ने विदेशी कामदारले वार्षिक करिब ३० अर्ब रुपैयाँभन्दा बढी रकम नेपालबाट बाहिर लाने गरेका तथ्याङ्कले पुष्टि गरेको छ ।

मुुलुकभित्रै रोजगारी नपाएर दैनिक दुुई हजारदेखि दुुई हजार पाँच सयको सङ्ख्यामा युवा वैदेशिक रोजगारीमा गइरहेका बेला सुुुनचाँदी व्यवसायीमा भने कामदार अभाव रहेको पाइएको छ । यस क्षेत्रमा काम गर्ने दक्ष स्वदेशी दक्ष जनशक्ति नहुुँदा भारत र बङ्गलादेशबाट आएका कामदारले सो रकम लाने गरेका छन् ।

नेपाल सुुनचाँदी व्यवसायी महासङ्घका अनुसार मुुलुकभर सुनचाँदी व्यवसायमा दुुई लाखको हाराहारीमा कालिगडले काम गरिरहेका छन् । जसमा झन्डै एक लाख स्वदेशी र एक लाख विदेशी कामदार छन् । सुनचाँदी व्यवसायमा काम गर्ने अधिकांश कालिगड भारतीय र बङ्गाली मूलका रहेका छन् । महासङ्घका अनुसार एक लाख विदेशी कालिगडले मासिक दुुई अर्ब ५० करोड रुपैयाँ र वार्षिक झन्डै ३० अर्ब रुपैयाँ नेपालबाट बाहिर लाने गरेका छन् । सुुनचँदी पसलमा काम गर्ने अर्धदक्ष र दक्ष कामदार रहेका छन् ।

नेपालमा कमाएको रकम यहाँ केही मात्रामा खर्च गर्ने भए तापनि ठूलो हिस्सा भने बाहिरिने गरेको पाइएको छ । साथै विदेशी श्रमिकले कमाएको रकमबाट सरकारलाई कुनै पनि प्रकारको कर राजस्व आम्दानी हुने गरेको पाइँदैन । तिनले मासिक न्यूूनतम २५ हजारदेखि एक लाख रुपैयाँसम्म तलब खाने गरेको बताइएको छ ।

प्रतिकालिगडलाई न्यूनतम मासिक २५ हजार रुपैयाँको दरले दिँदा वार्षिक ३० अर्ब रुपैयाँ बाहिर जाने गरेको तथ्याङ्क छ । गहना निर्माण गर्ने उच्चस्तरका कालिगडले मासिक एक लाख रुपैयाँसम्म तलब खाने गरेको व्यवसायीको भनाइ छ ।

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले दक्ष जनशक्ति नहुुँदा बाहिरबाट आएका कालिगडले अर्बौं रुपैयाँ नेपालबाट बाहिर लाने गरेको जानकारी दिनुुभयो । सुनचाँदी पसलमा काम गर्ने आधाभन्दा बढी भारत र बङ्गलादेशबाट आएका कालिगडले मासिक तीन अर्बभन्दा बढी रकम बाहिर लाने गरेको जानकारी दिनुुभयो ।

स्वदेशमै गहना बनाउने राम्रो सीप भएका कालिगड नहुुँदा बाहिरबाट दक्ष जनशक्ति झिकाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । सुनचाँदी व्यवसायमा जनशक्ति उत्पादन गर्न सरकारी तवरबाट कुुनै कार्यव्रmम आउन सकेको छैन । निजी क्षेत्रबाट तालिम दिएर दक्ष बनाउने प्रव्रिmया चालु छ तर दक्ष बनेलगत्तै नेपाल वैदेशिक रोजगारीमा जाने हुुँदा अझै पनि अभाव रहेको उहाँको भनाइ छ ।

निजी क्षेत्रबाट तालिमको सुरुवात हुुन थालेको शाक्यले जानकारी दिनुुभयो । “तीन वर्षअघि प्रधानमन्त्री रोजगार कार्यव्रmममा तालिम तथा रोजगारी दिने भनेर कार्यव्रmम राखिएको थियो, जुुन कार्यान्वयनमा आउन सकेन,” उहाँले भन्नुुभयो ।

महासङ्घले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को समन्वय र अनुुमतिमा तालिम दिने काम भइरहेको जनाएको छ । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले सरकारले दक्ष जनशक्ति उत्पादन गर्न तालिमको व्यवस्था गरे सुनचाँदी व्यवसायमा धेरैलाई रोजगारी दिन सकिने जानकारी दिनुुभयो ।

नेपालमा रोजगारी नपाएर दिनहुुँजसो वैदेशिक रोजगारीमा गएका छन्, सुनचाँदी व्यवसायमा विदेशबाट कालिगड आएर काम गरिरहेको उहाँको भनाइ छ । महासङ्घका अनुुसार मुलुकमा वार्षिक एक खर्ब रुपैयाँ बराबरको सुुनचाँदीको कारोबार हुने गर्छ । यसबाट वार्षिक तीनदेखि चार अर्ब रुपैयाँ राजस्व सङ्कलन हुने गर्छ । मुलुकभर २३ हजार सुनचाँदी व्यवसायी छन् ।