६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

गहना निर्माणमा विदेशी कामदारको भर, वार्षिक रु ३० अर्ब विदेशिन्छ

गहना निर्माणमा विदेशी कामदारको भर, वार्षिक रु ३० अर्ब विदेशिन्छ
अ+ अ-

काठमाडौँ । सुनचाँदी व्यवसायमा काम गर्ने विदेशी कामदारले वार्षिक करिब ३० अर्ब रुपैयाँभन्दा बढी रकम नेपालबाट बाहिर लाने गरेका तथ्याङ्कले पुष्टि गरेको छ ।

मुुलुकभित्रै रोजगारी नपाएर दैनिक दुुई हजारदेखि दुुई हजार पाँच सयको सङ्ख्यामा युवा वैदेशिक रोजगारीमा गइरहेका बेला सुुुनचाँदी व्यवसायीमा भने कामदार अभाव रहेको पाइएको छ । यस क्षेत्रमा काम गर्ने दक्ष स्वदेशी दक्ष जनशक्ति नहुुँदा भारत र बङ्गलादेशबाट आएका कामदारले सो रकम लाने गरेका छन् ।

नेपाल सुुनचाँदी व्यवसायी महासङ्घका अनुसार मुुलुकभर सुनचाँदी व्यवसायमा दुुई लाखको हाराहारीमा कालिगडले काम गरिरहेका छन् । जसमा झन्डै एक लाख स्वदेशी र एक लाख विदेशी कामदार छन् । सुनचाँदी व्यवसायमा काम गर्ने अधिकांश कालिगड भारतीय र बङ्गाली मूलका रहेका छन् । महासङ्घका अनुसार एक लाख विदेशी कालिगडले मासिक दुुई अर्ब ५० करोड रुपैयाँ र वार्षिक झन्डै ३० अर्ब रुपैयाँ नेपालबाट बाहिर लाने गरेका छन् । सुुनचँदी पसलमा काम गर्ने अर्धदक्ष र दक्ष कामदार रहेका छन् ।

नेपालमा कमाएको रकम यहाँ केही मात्रामा खर्च गर्ने भए तापनि ठूलो हिस्सा भने बाहिरिने गरेको पाइएको छ । साथै विदेशी श्रमिकले कमाएको रकमबाट सरकारलाई कुनै पनि प्रकारको कर राजस्व आम्दानी हुने गरेको पाइँदैन । तिनले मासिक न्यूूनतम २५ हजारदेखि एक लाख रुपैयाँसम्म तलब खाने गरेको बताइएको छ ।

प्रतिकालिगडलाई न्यूनतम मासिक २५ हजार रुपैयाँको दरले दिँदा वार्षिक ३० अर्ब रुपैयाँ बाहिर जाने गरेको तथ्याङ्क छ । गहना निर्माण गर्ने उच्चस्तरका कालिगडले मासिक एक लाख रुपैयाँसम्म तलब खाने गरेको व्यवसायीको भनाइ छ ।

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले दक्ष जनशक्ति नहुुँदा बाहिरबाट आएका कालिगडले अर्बौं रुपैयाँ नेपालबाट बाहिर लाने गरेको जानकारी दिनुुभयो । सुनचाँदी पसलमा काम गर्ने आधाभन्दा बढी भारत र बङ्गलादेशबाट आएका कालिगडले मासिक तीन अर्बभन्दा बढी रकम बाहिर लाने गरेको जानकारी दिनुुभयो ।

स्वदेशमै गहना बनाउने राम्रो सीप भएका कालिगड नहुुँदा बाहिरबाट दक्ष जनशक्ति झिकाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । सुनचाँदी व्यवसायमा जनशक्ति उत्पादन गर्न सरकारी तवरबाट कुुनै कार्यव्रmम आउन सकेको छैन । निजी क्षेत्रबाट तालिम दिएर दक्ष बनाउने प्रव्रिmया चालु छ तर दक्ष बनेलगत्तै नेपाल वैदेशिक रोजगारीमा जाने हुुँदा अझै पनि अभाव रहेको उहाँको भनाइ छ ।

निजी क्षेत्रबाट तालिमको सुरुवात हुुन थालेको शाक्यले जानकारी दिनुुभयो । “तीन वर्षअघि प्रधानमन्त्री रोजगार कार्यव्रmममा तालिम तथा रोजगारी दिने भनेर कार्यव्रmम राखिएको थियो, जुुन कार्यान्वयनमा आउन सकेन,” उहाँले भन्नुुभयो ।

महासङ्घले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को समन्वय र अनुुमतिमा तालिम दिने काम भइरहेको जनाएको छ । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले सरकारले दक्ष जनशक्ति उत्पादन गर्न तालिमको व्यवस्था गरे सुनचाँदी व्यवसायमा धेरैलाई रोजगारी दिन सकिने जानकारी दिनुुभयो ।

नेपालमा रोजगारी नपाएर दिनहुुँजसो वैदेशिक रोजगारीमा गएका छन्, सुनचाँदी व्यवसायमा विदेशबाट कालिगड आएर काम गरिरहेको उहाँको भनाइ छ । महासङ्घका अनुुसार मुलुकमा वार्षिक एक खर्ब रुपैयाँ बराबरको सुुनचाँदीको कारोबार हुने गर्छ । यसबाट वार्षिक तीनदेखि चार अर्ब रुपैयाँ राजस्व सङ्कलन हुने गर्छ । मुलुकभर २३ हजार सुनचाँदी व्यवसायी छन् ।