• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

लिभरपुलसँग हार्यो लेस्टर, रेलिगेशनबाट उम्किन कठिन



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले सहज जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई उसकै घरेलु मैदानमा ३–० गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन कर्टिस जोन्सले दुई तथा ट्रेन्ट अलेक्जान्डर आर्नल्डले एक गोल गरे । खेलको ३३ औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा जोन्सले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।

यस्तै, ७१ औं मिनेटमा आर्नल्डले गोल थप्दै लिभरपुललाई सहज जित दिलाए । यो नतिजासँगै लिभरपुल ३६ खेलबाट ६५ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ ।

पछिल्ला पाँच खेलमा एक जित, दुई बराबरी र दुई हार बेहोरेको लेस्टर भने ३६ खेलबाटै ३० अंकका साथ १९ औं स्थान (रेलिगेशन जोन) मा रहेको छ ।