२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरण: हज समितिका अध्यक्ष मियाँ पनि जोडिए



अ+ अ-

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ सम्पर्कविहीन भएका छन् ।

मक्का मदिनामा जाने हजयात्राको कार्यतालिका बनाउने समयमा अध्यक्ष नै कार्यालयमा अनुपस्थित भएपछि यस पटकको हजयात्रामा भद्रगोल हुने आशंका मुस्लिम नेताहरुले गरेका छन् । अर्घखाँची घर भएका मियाँ भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीको निकट व्यक्तिका रुपमा रहेका थिए ।

यो प्रकरणमा रायमाझीको नाम आए लगत्तै मियाँ सम्पर्क बिहिन भएका हुन्। यस अघि पनि मियाँलाई हज यात्राका क्रममा अनियमिता गरेको, महगो शुल्क लिएर पनि गुणस्तरीय सेवा नदिएको आरोप लागेको थियो ।

यो पनि पढ्नुहोसचर्को मूल्य तिरेर पनि सुविधा पाइन : हाजी,विरोधका लागि विरोध: हज कमिटिका अध्यक्ष मिया

नक्कली शरणार्थी बनाउने क्रममा चितवन जाँदा गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको सचिवालयको सबारी साधन प्रयोग भएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।