१६ भाद्र २०८३, मंगलवार
,
Latest
रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन झापा गाउँपालिकाद्वारा उद्धार कोषमा २५ लाख सहयोग उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरु) चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझाका थप ३ वटा बिजुली बस सञ्चालनमा



अ+ अ-

काठमाडौँ । साझा यातायातले सोमवारबाट थप ३ वटा बिजुली बस सञ्चालनमा ल्याएको छ ।

साझाले सोमवारबाट पाटनढोकाबाट रत्नपार्क हुँदै जोरपाटी दक्षिणढोकासम्मको बिजुली बस सेवा सञ्चालनमा ल्याएको हो । सेवाको सुभारम्भ ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गर्नुभयो । यसअघि परीक्षणका रुपमा साझाले गत असारदेखि ३ वटा बिजुली बसमार्फत सेवा दिंदै आएकोमा आजबाट भने थप तीन वटा सञ्चालनमा ल्याएको हो । सोमवारबाट सञ्चालनमा ल्याएको रुटमा थप १५ वटासम्म बिजुली बस चलाउने साझाको योजाना छ । साझा यातायातका महाप्रवन्धक महेन्द्रराज पाण्डेयले बाँकी आगामी दिनमा थप्दै जाने र सेवालाई थप व्यवस्थित बनाउने योजना रहेको बताउनु भयो ।

चीनको सीएचटीसी कम्पनीले बनाएको ब्याट्रीबाट चल्ने ४० बस साझाले ६१ हरोड ८३ लाख ४५ हजार ७३२ रुपैयाँको लागतमा किनेको थियो । चार्जिङ स्टेशनको अभावमा ४० मध्ये ६ वटा विद्युतीय बसमात्र सञ्चालित छन् । ३४ वटा विद्युतीय बस अझै थन्किएर बसेका छन् ।