३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

संकटा र हिमालयन शेर्पा बराबरीमा रोकिए, मछिन्द्रको सहज जित

संकटा र हिमालयन शेर्पा बराबरीमा रोकिए, मछिन्द्रको सहज जित
अ+ अ-

काठमाडौँ । आयुष घलानले पेनाल्टीबाट बराबरी गोल फर्काएपछि राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा संकटा हिमालयन शेर्पासँग हारबाट जोगिएको छ । अर्को खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लवले खुमलटार युथ क्लवमाथि ३–० को सहज जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमवार भएको खेलमा हिमालयन शेर्पाले शुरुवाती अग्रता लिएपनि कायम राख्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा आक्रमक रणनीति अपनाउँदै स्पष्ट तीन अंकका लागि खेले पनि सफल हुन सकेनन् । दशरथ रंगशालामा हिमालयन शेर्पाले शुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । खेलको दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ३९ औं मिनेटमा खामिर ग्लिसन कन्दंग्वाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्ट नजिकबाट बाहिरियो ।

लगत्तै अर्कोतर्फ युसुफ अत्रिसले गोल गरेपनि त्यसले मान्यता पाएन । अत्रिसले प्रहार गर्दा आयुष घलानले ६ यार्ड बक्सभित्र अफसाइड पोजिसनमा रहेर गोलरक्षक किशोर गिरीलाई छेक्दा सहायक रेफ्रीले अफसाइडको निर्णय दिएका थिए । ५० औं मिनेटमा शेर्पाले अग्रता लियो । विश्वास श्रेष्ठको क्रसमा विदेशी खेलाडी अबायोमी फाकुन्लेको हेडरपासलाई म्यानुएल नानाले जाली चुमाउन सफल भएका थिए । ७२ औं मिनेटमा संकटाले पेनाल्टीको अवसर पायो ।

सुशील राईले आयुष घलानलाई लडाएपछि रेफ्री संकटालाई पेनाल्टी अवसर दिएका थिए । पेनाल्टीमा आयुषले गोल गर्दै संकटालाई बराबरीमा फर्काएका थिए । ७७ औं मिनेटमा विश्वास श्रेष्ठको प्रहार क्रसबारमा लागेर बाहिरिँदा शेर्पाले अग्रता लिन चुक्यो । बाँकी समयमा संकटाले पनि केही प्रयास गरेपनि सफल हुन सकेन र दुवैले अंक बाँडे । यस बराबरीसँगै हिमालयन शेर्पाले १८ खेलबाट २२ अंक बनाएको छ भने अर्को टोली संकटाको समान खेलबाट २१ अंक भएको छ ।

लिग अन्तर्गत सोमवार नै भएको अर्को खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लवले रेलिगेशन क्षेत्रको खुमलटारमाथि ३–० को सहज जित निकालेको हो । मच्छिन्द्रको जितमा सबै गोल विदेशी खेलाडीले गरे । आन्द्रेस नियाले एक गोल गर्दा अफिज ओलावालेले दुई गोल गरे । खुमलटारमाथि अधिकांस समय बल नियन्त्रणमा राख्दै खेलेपछि मछिन्द्रले ४२ औं मिनेटमा मात्र अग्रताको अवसर लिएको थियो । आन्द्रेश नियाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाउन सफल भएका थिए ।

पहिलो हाफमा लिएको अग्रता पछि उच्च मनोबलका साथ खेलेको मछिन्द्रले दोस्रो हाफमा पनि आक्रामक खेललाई निरन्तरता दियो । सो क्रममा अफिजले ७७ औं मिनेटमा टोलीका लागि दोस्रो तथा ब्यक्तिगत पहिलो गोल गरे । त्यसको १० मिनेटपछि अर्को गोल गर्दै टोलीलाई ३–० को जित निश्चित गराए ।

यससँगै मछिन्द्रले जारी लिगमा १८ खेल खेल्दै तालिकामा ३० अंक बनाएको छ । मच्छिन्द्र एक खेल कम खेलेको चर्च व्वाईजसँग अंक बराबरी हो । यस्तै पराजित खुमलटार समान १८ खेलबाट १७ अंकका साथ तालिकाको पुछारमा छ ।