२ श्रावण २०८२, शुक्रबार
,
Latest
भारतमा चट्याङका कारण ३३ जनाको मृत्यु बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गोदामबाटै लागू औषधको ठूलो मात्रा प्रहरीद्वारा बरामद प्रभु हेलिकप्टरले आइपिओ जारी गर्दै हवाई सेवा प्राधिकरण विधेयकमा भाषा र प्राधिकरणको संरचना स्पष्ट हुनुपर्छः वरिष्ठ उपाध्यक्ष पाण्डे नेकपा एस र वामदेवको अभियानबीच एकता हुनुपूर्व तस्बिर खिचाउँदै नेताहरु एमाले पोलिटब्युरो बैठक सुरु पूर्वराष्ट्रपति भण्डारीलाई विधान महाधिवेशनमा विशिष्ट अतिथिको रूपमा बोलाउन सकिन्छः कर्ण थापा  न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ: महान्यायाधिवक्ता बडाल (अन्तरवार्ता) युएईका लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्ने उपयुक्त अवसरः अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारीलाई बचाउन नाटक मञ्चन भयो: सांसद पराजुली



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले आफ्नो पार्टीका नेता अपराधमा मुछिँदा राजनीतिक दलहरुले उसको बचाउ गर्ने गरेका बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पराजुलीले पार्टीका नेताहरु अपराधमा मुछिँदा उसलाई बचाउन निकृष्ट नाटक मञ्चन हुने गरेको बताउनुभएको हो ।

उहाँले सुशासनको वाचा गरेर आएका राजनीतिक दलहरुनै भ्रष्टाचारीलाई बचाउन लागि परेका बताउनुभयो । उहाँले जनतालाई भ्रम छर्न र मुद्दालाई विषयान्तर गरी जनतालाई झुक्याउने खेल नगर्न चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो – ‘कानूनी राज्यमा व्यक्तिले अपराध गरेमा कानूनको निर्मम प्रयोग गरेर अपराध र अपराधीलाई न्यायको कठघरामा उभ्याएर दण्डित गराउनु कानूनी राज्यको न्युनतम दायित्व हो । तर यहाँ नेतृत्वमा रहेकाले नै राजनीतिक तथा राज्यसत्ताको चरम दुरुपयोग गरेर यसको ठिक उल्टो आचरण देखाइरहेको अवस्था छ । राज्य संयन्त्र सञ्चालनमा उच्च तहका राजनीतिक तथा प्रशासनिक व्यक्तिहरु नै आफैँ जघन्य अपराध तथा बेथिति र भ्रष्टाचारमा लिप्त भएको बलियो शंकाको घेरामा देखिएको अवस्था उजागर हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नै आज सम्पूर्ण नेपाली जनताले ज्यादै लज्जाको बोध गरिरहनुपरेको अवस्था छ ।

अपराधी र भ्रष्टाचारीको न कुनै जात हुन्छ । न कुनै धर्म । भ्रष्टाचारी केवल अपराधी मात्र हुनुपर्ने हो र सम्पूर्ण राष्ट्रको शत्रु हुनुपर्ने हो । तर यस सम्मानित सदनमा आफ्नो पार्टीको नेता कुनैपनि अपराधमा मुछिँदा उसको बचाउमा निकै निकृष्ट नाटक मञ्चन भएको देख्ने गरिन्छ । त्यस्ता नाटक मञ्चन जिम्मेवार भनिएका दल जसले आम नेपाली जनतालाई सुशासनका झुटा वाचा गरेर आउनुभएको छ । खबरदार अब यस्तो नाटक मञ्चन गरेर जनतालाई भ्रम छर्ने र मुद्दालाई विषयान्तर गरी जनतालाई झुक्याउने खेल अब नगरियोस् ।’

सांसद पराजुलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा शंकास्पद उच्च ओहोदाका व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान गर्न अलमल गरिएकोको आशंका व्यक्त गर्नुभयो । उहाँले सो प्रकरणको अनुसन्धानलाई गन्तव्यमा पुर्‍याउन सरकारलाई आग्रह गर्नुभयो ।