२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारीलाई बचाउन नाटक मञ्चन भयो: सांसद पराजुली



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले आफ्नो पार्टीका नेता अपराधमा मुछिँदा राजनीतिक दलहरुले उसको बचाउ गर्ने गरेका बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पराजुलीले पार्टीका नेताहरु अपराधमा मुछिँदा उसलाई बचाउन निकृष्ट नाटक मञ्चन हुने गरेको बताउनुभएको हो ।

उहाँले सुशासनको वाचा गरेर आएका राजनीतिक दलहरुनै भ्रष्टाचारीलाई बचाउन लागि परेका बताउनुभयो । उहाँले जनतालाई भ्रम छर्न र मुद्दालाई विषयान्तर गरी जनतालाई झुक्याउने खेल नगर्न चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो – ‘कानूनी राज्यमा व्यक्तिले अपराध गरेमा कानूनको निर्मम प्रयोग गरेर अपराध र अपराधीलाई न्यायको कठघरामा उभ्याएर दण्डित गराउनु कानूनी राज्यको न्युनतम दायित्व हो । तर यहाँ नेतृत्वमा रहेकाले नै राजनीतिक तथा राज्यसत्ताको चरम दुरुपयोग गरेर यसको ठिक उल्टो आचरण देखाइरहेको अवस्था छ । राज्य संयन्त्र सञ्चालनमा उच्च तहका राजनीतिक तथा प्रशासनिक व्यक्तिहरु नै आफैँ जघन्य अपराध तथा बेथिति र भ्रष्टाचारमा लिप्त भएको बलियो शंकाको घेरामा देखिएको अवस्था उजागर हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नै आज सम्पूर्ण नेपाली जनताले ज्यादै लज्जाको बोध गरिरहनुपरेको अवस्था छ ।

अपराधी र भ्रष्टाचारीको न कुनै जात हुन्छ । न कुनै धर्म । भ्रष्टाचारी केवल अपराधी मात्र हुनुपर्ने हो र सम्पूर्ण राष्ट्रको शत्रु हुनुपर्ने हो । तर यस सम्मानित सदनमा आफ्नो पार्टीको नेता कुनैपनि अपराधमा मुछिँदा उसको बचाउमा निकै निकृष्ट नाटक मञ्चन भएको देख्ने गरिन्छ । त्यस्ता नाटक मञ्चन जिम्मेवार भनिएका दल जसले आम नेपाली जनतालाई सुशासनका झुटा वाचा गरेर आउनुभएको छ । खबरदार अब यस्तो नाटक मञ्चन गरेर जनतालाई भ्रम छर्ने र मुद्दालाई विषयान्तर गरी जनतालाई झुक्याउने खेल अब नगरियोस् ।’

सांसद पराजुलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा शंकास्पद उच्च ओहोदाका व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान गर्न अलमल गरिएकोको आशंका व्यक्त गर्नुभयो । उहाँले सो प्रकरणको अनुसन्धानलाई गन्तव्यमा पुर्‍याउन सरकारलाई आग्रह गर्नुभयो ।

 




भर्खरै