• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने

भ्रष्टाचारविरुद्ध सडकमा भन्दा संसदमा आन्दोलन गरौँ– ज्ञानेन्द्र शाही



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही भ्रष्टाचारविरुद्धको सडक आन्दोलनको विपक्षमा उभिनु भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले भ्रष्टाचार नियन्त्रण गर्नका लागि सडक आन्दोलन भन्दा संसदमा आन्दोलन गर्नुपर्ने बताउनु भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले यही जेठ ४ गते भ्रष्टाचारविरुद्ध काठमाडौंमा आमसभा गर्दैछ । प्रमुख सचेतक शाहीले भने भ्रष्टाचारलाई न्यूनिकरण गर्न, भ्रष्टाचार गर्नेहरुको तीनपुस्ते सम्पत्ति हरण गरी आजीवन कारबास भोग्ने कानुन यही संसदबाट बन्ने हुनाले संसद आन्दोलन गर्न उपयुक्त हुने तर्क गर्नु भयो । उहाँले भ्रष्टाचारविरुद्ध लड्नका लागि पार्टी पंक्ति, दल र सिद्वान्त भन्दामाथि उठेर कानुन बनाउने काममा एकजुट हुन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भयो ।

प्रमुख सचेतक शाहीले भन्नु भयो, ‘तपाईहरु साँच्चै भ्रष्टाचारको विरुद्धमा लडने हो भने पार्टी पंक्ति, दल, सिद्धान्त भन्दामाथि उठेर कानुन बनाउन तयार हुनुहुन्छ ? हुनुहुन्छ भने ल म आज हेर्न चाहन्छु–हात खडा गर्नुस ल । ल गर्नुस् खडा । हुनुहुन्छ कोही ? त्यही भएको हुनाले मैले अहिले पनि भन्न चाहन्छु–यसो नगरौं । कृपया, तिमी हेरेजस्तो गर्नू, म देखेजस्तो गर्छु । तिमी खेदेजस्तो गर्नु, म दौडेजस्तो गर्छु । यस्तो प्रवृत्तिले भ्रष्टाचारलाई नियन्त्रण गर्दैन ।

भ्रष्टाचारलाई न्यूनिकरण गर्ने, भ्रष्टाचार गर्नेहरुलाई तीनपुस्ते सम्पत्ति हरण गर्ने, आजीवन कारवास भोग्ने कानुन यही सदनबाट आजका दिनबाट पार्टी पंक्ति, सिद्धान्त नभनेर लागू गरौं । हामीलाई कानुन बनाएर कारबाही गर्न कसले रोक्छ ? कसैले रोक्दैन । त्यही भएर सडक आन्दोलन भन्दा संसद आन्दोलन गरौं । संसदमा एकजुट भएर अगाडि बढौं । म यही भन्न चाहन्छु ।’

प्रमुख सचेतक शाहीले त्यस अवसरमा भ्रष्टाचार नियन्त्रण गर्नका लागि तयार हुने सांसदहरुले हात उठाउन पनि आग्रह गर्नु भएको थियो । उहाँले ‘तिमी हेरेजस्तो गर्नू, म देखेजस्तो गर्छु । तिमी खेदेजस्तो गर्नु, म दौडेजस्तो गर्छु’ भन्ने खालको प्रवृत्तिले भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकिने बताउनु भयो ।