१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक दुर्घटनामा परिन् ‘द केरला स्टोरी’ अभिनेत्री अदा शर्मा



अ+ अ-

एजेन्सी । ‘द केरला स्टोरी’ अभिनेत्री अदा शर्मा र निर्देशक सुदिप्तो सेन आइतबार सडक दुर्घटनामा परेका छन् ।

दुर्घटनाको खबर इन्टरनेटमा भाइरल हुन थालेपछि अभिनेत्रीले आफ्नो ट्वीटर अकाउन्टमा यसबारे जानकारी दिएकी हुन् । अदा र सुदीप्तो मे १४ मा हिन्दू एकता यात्रामा सहभागी हुन करीमनगर जाने क्रममा थिए तर त्यही बीचमा सडक दुर्घटनामा परेपछि उनीहरु त्यहाँ पुग्न सकेनन् ।

पोस्ट सेयर गर्दै अदा शर्माले लेखेकी छिन्– ‘साथीहरू, म ठीक छु । हाम्रो दुर्घटनाको खबर बाहिर आएदेखि, हामीले मानिसहरूबाट धेरै सन्देशहरू पाइरहेका छौं । हामी र हाम्रो सम्पूर्ण टोली ठीक छ, कोही गम्भीर छैन । कुनै ठूलो कुरा छैन, तपाईंको चिन्ताको लागि सबैलाई धन्यवाद ।’

फिल्म ‘द केरला स्टोरी’मा चलिरहेको विवादका कारण अदालाई ज्यान मार्ने धम्की पनि आइरहेको छ । राजनीतिक दल र धेरै समूहहरूले यो फिल्म तथ्यमा आधारित नभएको र मुस्लिम समुदायविरुद्ध घृणा फैलाउने दाबी गरेका छन् । फिल्मलाई पश्चिम बंगाल र तमिलनाडु राज्यमा प्रतिबन्ध लगाइएको छ ।

द केरला स्टोरीलाई फिल्म निर्माता सुदिप्तो सेनले निर्देशन गरेका हुन् । फिल्म आफ्नो कथालाई लिएर विवादमा छ । रिहाइको विरोधमा यो मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो । तर, अदालतले फिल्मको रिलिज रोक्न अस्वीकार गरेको थियो । फिल्मको कथा केटीहरुको धर्म परिवर्तनमा आधारित छ ।