६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बयान लिन बालकृष्ण खाणलाई सरकारी वकिल कार्यालयमा ल्याइयो



file photo
अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको छ ।

प्रहरीले काठमाडौँ प्रहरी परिसर टेकुको हिरासतमा रहेका खाणलाई बयान गराउन केहीबेरअघि सरकारी वकिल कार्यालयमा ल्याएको हो ।

उक्त प्रकरणमा पक्राउ परेका खाणसहित १२ जनालाई शनिबारदेखि लागू हुने गरी अदालतले आइतबार थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले १३ जनालाई पक्राउ गरिसकेको छ ।आइतबार मात्र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ पर्नुभएको छ । उहाँलाई आज म्याद थप गर्ने तयारी छ ।

उक्त प्रकरणमा सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायत पक्राउ परेका छन् । तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । तर उनी फरार छन् ।