• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

१० आरोही सगरमाथामा



काठमाडौँ । सगरमाथा आरोहण खुलेको पहिलो दिन पाँच शेर्पासहित १० जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। इमेजिन नेपाल ट्रेक्स एन्ड एक्सपिडिसनबाट आरोहणमा गएका १० जनाले आइतबार बिहान सगरमाथाको सफल आरोहण गरेका हुन्।

विदेशी आरोहीमध्ये यस सिजनमा पहिलो आरोहण पाकिस्तानकी नैला कैनीले गरेको इमेजिन नेपालले जनाएको छ। कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाले आरोहण खुलेसँगै आरोहीहरू सगरमाथाको हिलारी स्टेप, साउथकोल आसपास पुगिसकेकाले सोमबार बिहानसम्म थप आरोही चुचुरोमा पुग्ने बताउनुभयो। उहाँले भन्नुभयो, “इमेजिन नेपालबाट आरोहणमा गएका पाँच आरोही र पाँच जना शेर्पाले आइतबार आरोहण पुरा गरेका छन्। अन्य कम्पनीमार्फत आरोहणमा गएका आरोहीसमेत चुचुरोतर्फको यात्रामा छन्।”

पहिलो आरोहण पुरा गर्नेमा पाकिस्तान, बेलायत, हङ्गेरी, अमेरिका र चीनका एक–एक जना रहेको उहाँले बताउनुभयो। जारी सिजनको सगरमाथा आरोहण शनिबारदेखि सुरु भएको हो। सगरमाथा आरोहणका लागि दक्ष कामदार ९आइसफल डाक्टर० ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ ९डोरी टाँग्ने० गरेपछि शनिबारदेखि आरोहणको ढोका खुलेको हो।

पर्यटन विभागका अनुसार यस सिजनमा सगरमाथा आरोहणका लागि ४७८ जनाले अनुमति लिएका छन्। आरोहण सुरु भएसँगै पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण सगरमाथा क्षेत्रको आकाशमा बादल जम्मा हुन थालेको छ। इमेजिन नेपालका कार्यकारी निर्देशक शेर्पाले सगरमाथा क्षेत्रमा हावाको गति अनुकूल रहे पनि बादल भित्रिने क्रम सुरु भएकोले मौसमले आरोहणमा कति साथ दिन्छ भन्ने यकिन छैन।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित मोखा चक्रवातको प्रभावले नेपालको आरोहण क्षेत्रमा असर नहुने जनाइएको छ। मौसमविद् समीर श्रेष्ठका अनुसार मोखा चक्रवात पूर्वतर्फ सरिरहेकोले यसले नेपालमा असर नगरी भुटान, बङ्गलादेश, थाइल्यान्ड र म्यान्मारमा ज्यादा असर गर्ने देखिन्छ। अमेरिकी महिला आरोही जेसिका रे वेडेल पाठेघरको क्यान्सर रोगलाई परास्त गर्ने पहिलो सगरमाथा आरोही बन्नुभएको छ। उहाँ पाठेघरको क्यान्सरबारे जनचेतना जगाउन सगरमाथा आरोहणमा जानुभएको थियो।

त्यस्तै नेपाली पथप्रदर्शक ४६ वर्षीय पासाङ दावा शेर्पाले सगरमाथाको २६औँ पटक आरोहण गर्नुभएको छ। उहाँ २६ पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्ति बन्नुभएको छ। पर्यटन विभागका अनुसार २६औँ पटक सगरमाथा आरोहण गरेको कीर्तिमान बनाउनुभएको थियो। कामी रिता शेर्पा पनि सगरमाथा आरोहण क्रममा रहेकाले उहाँले यस पटक २७औँ पटक सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान बनाउने सम्भावना छ। यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।