७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

१० आरोही सगरमाथामा

१० आरोही सगरमाथामा
अ+ अ-

काठमाडौँ । सगरमाथा आरोहण खुलेको पहिलो दिन पाँच शेर्पासहित १० जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। इमेजिन नेपाल ट्रेक्स एन्ड एक्सपिडिसनबाट आरोहणमा गएका १० जनाले आइतबार बिहान सगरमाथाको सफल आरोहण गरेका हुन्।

विदेशी आरोहीमध्ये यस सिजनमा पहिलो आरोहण पाकिस्तानकी नैला कैनीले गरेको इमेजिन नेपालले जनाएको छ। कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाले आरोहण खुलेसँगै आरोहीहरू सगरमाथाको हिलारी स्टेप, साउथकोल आसपास पुगिसकेकाले सोमबार बिहानसम्म थप आरोही चुचुरोमा पुग्ने बताउनुभयो। उहाँले भन्नुभयो, “इमेजिन नेपालबाट आरोहणमा गएका पाँच आरोही र पाँच जना शेर्पाले आइतबार आरोहण पुरा गरेका छन्। अन्य कम्पनीमार्फत आरोहणमा गएका आरोहीसमेत चुचुरोतर्फको यात्रामा छन्।”

पहिलो आरोहण पुरा गर्नेमा पाकिस्तान, बेलायत, हङ्गेरी, अमेरिका र चीनका एक–एक जना रहेको उहाँले बताउनुभयो। जारी सिजनको सगरमाथा आरोहण शनिबारदेखि सुरु भएको हो। सगरमाथा आरोहणका लागि दक्ष कामदार ९आइसफल डाक्टर० ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ ९डोरी टाँग्ने० गरेपछि शनिबारदेखि आरोहणको ढोका खुलेको हो।

पर्यटन विभागका अनुसार यस सिजनमा सगरमाथा आरोहणका लागि ४७८ जनाले अनुमति लिएका छन्। आरोहण सुरु भएसँगै पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण सगरमाथा क्षेत्रको आकाशमा बादल जम्मा हुन थालेको छ। इमेजिन नेपालका कार्यकारी निर्देशक शेर्पाले सगरमाथा क्षेत्रमा हावाको गति अनुकूल रहे पनि बादल भित्रिने क्रम सुरु भएकोले मौसमले आरोहणमा कति साथ दिन्छ भन्ने यकिन छैन।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित मोखा चक्रवातको प्रभावले नेपालको आरोहण क्षेत्रमा असर नहुने जनाइएको छ। मौसमविद् समीर श्रेष्ठका अनुसार मोखा चक्रवात पूर्वतर्फ सरिरहेकोले यसले नेपालमा असर नगरी भुटान, बङ्गलादेश, थाइल्यान्ड र म्यान्मारमा ज्यादा असर गर्ने देखिन्छ। अमेरिकी महिला आरोही जेसिका रे वेडेल पाठेघरको क्यान्सर रोगलाई परास्त गर्ने पहिलो सगरमाथा आरोही बन्नुभएको छ। उहाँ पाठेघरको क्यान्सरबारे जनचेतना जगाउन सगरमाथा आरोहणमा जानुभएको थियो।

त्यस्तै नेपाली पथप्रदर्शक ४६ वर्षीय पासाङ दावा शेर्पाले सगरमाथाको २६औँ पटक आरोहण गर्नुभएको छ। उहाँ २६ पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्ति बन्नुभएको छ। पर्यटन विभागका अनुसार २६औँ पटक सगरमाथा आरोहण गरेको कीर्तिमान बनाउनुभएको थियो। कामी रिता शेर्पा पनि सगरमाथा आरोहण क्रममा रहेकाले उहाँले यस पटक २७औँ पटक सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान बनाउने सम्भावना छ। यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।