२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिमी वायुको प्रभावले वर्षा



अ+ अ-

काठमाडौँ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले काठमाडौँसहित देशका केही स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशमा बदली रहेको छ ।

“पश्चिमी वायुको प्रभावले काठमाडौँमा अहिले छिटफुट वर्षा भएको छ, दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा छिटफुट वर्षाको सम्भावना छ”, महाशाखाका मौसमविद् समीर श्रेष्ठले भन्नुभयो ।

काठमाडौँमा आज बिहानैदेखि आंशिक बदली रहनुका साथै भर्खरै छिटफुट वर्षासमेत भएको छ । उपत्यकामा खण्डित रुपमा वर्षा भएको माशाखाले जनाएको छ ।

‘मोखा’ चक्रवातको प्रभाव छैन

बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने महाशाखाकाले उल्लेख गरेको छ । मौसमविद् समीर श्रेष्ठले नेपालमा मोखा चक्रवातको कुनैपनि प्रभाव नरहेको बताउनुभयो ।

“चक्रवात पूर्वतर्फ सरिरहेको छ, नेपालमा यसले असर गर्दैन”, उहाँले भन्नुभयो, “नेपाललाई नछोइकन बङ्गालको खाडी हुँदै तटीय क्षेत्रमा अघि बढेको चक्रवातले भुटान, बङ्गलादेश, थाइल्याण्ड र म्यानमारमा मुख्य असर पर्ने देखिन्छ ।”

उक्त चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएर उत्तर–उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बङ्गलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको महाशाखाले जनाएको छ । रासस