५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएल: राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दै



अ+ अ-

काठमााडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल)को ६० औँ खेलमा आइतवार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दैछन्। जयपुरको सवाई मानसिंह स्टेडियमा हुने खेल नेपाली समयअनुसार दिउसोको ३:४५ बजेबाट सुरु हुनेछ ।

राजस्थान रोयल्सले यस सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। राजस्थान १२ खेलमा ६मा जित र ६मा हारसहित १२ अंकका साथ अंक तालिकामा चौथो स्थानमा छ। प्लेअफमा स्थान सुरक्षित गर्न अब राजस्थानले बाँकी दुई खेल जित्नैपर्ने हुन्छ। उता, रोयल च्यालेन्जर्स बैंग्लोरले ११ खेलमा पाँच जित र छ हारसहित १० अंकका साथ छैटौं स्थानमा छ। बैंग्लोरले तीन खेल खेल्न बाँकी रहदा प्लेअफमा पुग्ने सम्भावना बढाउन प्रत्येक खेलमा विजयी हुनैपर्छ।

राजस्थानले आफ्नो पछिल्लो खेलमा कोलकाता नाइट राइडर्सलाई नौ विकेटले पराजित गरेको थियो। पावरप्लेको क्रममा दुई विकेट गुमाउँदै नाइट राइडर्सको सुरुवात निराशाजनक रह्यो । कोलकाताले दिएको १५० रनको लक्ष्य पछ्छाएको राजस्थानले १३.१ ओभरमै एक विकेटको क्षतिमा पुरा गरेको थियो । उक्त खेलमा यशस्वी जैसवालले आईपीएलको सबैभन्दा छिटो अर्धशतक बनाउँदै कीर्तिमान राखेका थिए ।यशस्वीले १३ बलमा अर्धशतक पूरा गरे भने शतकको लागि २ रनले पछि परेका थिए । उनले ४७ बलमा ९८ रन बनाएका थिए ।

यस्तै, रोयल च्यालेन्जर्स बैंग्लोरले आफ्नो पछिल्लो दुई खेलमा लगातार हार बेहोरेको छ । जसमा पछिल्लो भिडन्तमा मुम्बई इन्डियन्ससँग ६ विकेटले पराजित हुन पुगेको थियो । बैंग्लोरले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९९ रन जोडेको थियो । जसमा फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेल दुबैले अर्धशतक पुरा गरेका थिए । तर, मुम्बई इन्डियन्सले आफ्नो ब्याटिङ क्षमता देखाउँदै १६.३ ओभरमा सहजै लक्ष्य पछ्यायो। सूर्यकुमार यादवले धमाकेदार इनिङ्स खेल्दै मात्र ३५ बलमा ८३ रन बनाएर मुम्बईलाई जित दिलाए।

राजस्थान रोयल्सको सम्भावित प्लेइङ– ११

यशस्वी जैसवाल, शिमरोन हेटमायर, जेई रुट, रविचन्द्रन अश्विन, जोस बटलर, सञ्जु सामसन (कप्तान), डीसी जुरेल, ट्रेन्ट बोल्ट, केएम आसिफ, युजवेन्द्र चहल, सन्दीप शर्मा ।

रोयल च्यालेन्जर्स बैंगलोरको सम्भावित प्लेइङ– ११

विराट कोहली, एफ डु प्लेसिस (कप्तान), एमके लोमर, जीजे म्याक्सवेल, डब्ल्यू हसरंगा, दिनेश कार्तिक (विकेटकीपर), अनुज रावत, एचभी पटेल, मोहम्मद सिराज, जोश हेजलवुड, विजयकुमार विशाक ।