३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएल: राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दै



अ+ अ-

काठमााडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल)को ६० औँ खेलमा आइतवार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दैछन्। जयपुरको सवाई मानसिंह स्टेडियमा हुने खेल नेपाली समयअनुसार दिउसोको ३:४५ बजेबाट सुरु हुनेछ ।

राजस्थान रोयल्सले यस सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। राजस्थान १२ खेलमा ६मा जित र ६मा हारसहित १२ अंकका साथ अंक तालिकामा चौथो स्थानमा छ। प्लेअफमा स्थान सुरक्षित गर्न अब राजस्थानले बाँकी दुई खेल जित्नैपर्ने हुन्छ। उता, रोयल च्यालेन्जर्स बैंग्लोरले ११ खेलमा पाँच जित र छ हारसहित १० अंकका साथ छैटौं स्थानमा छ। बैंग्लोरले तीन खेल खेल्न बाँकी रहदा प्लेअफमा पुग्ने सम्भावना बढाउन प्रत्येक खेलमा विजयी हुनैपर्छ।

राजस्थानले आफ्नो पछिल्लो खेलमा कोलकाता नाइट राइडर्सलाई नौ विकेटले पराजित गरेको थियो। पावरप्लेको क्रममा दुई विकेट गुमाउँदै नाइट राइडर्सको सुरुवात निराशाजनक रह्यो । कोलकाताले दिएको १५० रनको लक्ष्य पछ्छाएको राजस्थानले १३.१ ओभरमै एक विकेटको क्षतिमा पुरा गरेको थियो । उक्त खेलमा यशस्वी जैसवालले आईपीएलको सबैभन्दा छिटो अर्धशतक बनाउँदै कीर्तिमान राखेका थिए ।यशस्वीले १३ बलमा अर्धशतक पूरा गरे भने शतकको लागि २ रनले पछि परेका थिए । उनले ४७ बलमा ९८ रन बनाएका थिए ।

यस्तै, रोयल च्यालेन्जर्स बैंग्लोरले आफ्नो पछिल्लो दुई खेलमा लगातार हार बेहोरेको छ । जसमा पछिल्लो भिडन्तमा मुम्बई इन्डियन्ससँग ६ विकेटले पराजित हुन पुगेको थियो । बैंग्लोरले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९९ रन जोडेको थियो । जसमा फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेल दुबैले अर्धशतक पुरा गरेका थिए । तर, मुम्बई इन्डियन्सले आफ्नो ब्याटिङ क्षमता देखाउँदै १६.३ ओभरमा सहजै लक्ष्य पछ्यायो। सूर्यकुमार यादवले धमाकेदार इनिङ्स खेल्दै मात्र ३५ बलमा ८३ रन बनाएर मुम्बईलाई जित दिलाए।

राजस्थान रोयल्सको सम्भावित प्लेइङ– ११

यशस्वी जैसवाल, शिमरोन हेटमायर, जेई रुट, रविचन्द्रन अश्विन, जोस बटलर, सञ्जु सामसन (कप्तान), डीसी जुरेल, ट्रेन्ट बोल्ट, केएम आसिफ, युजवेन्द्र चहल, सन्दीप शर्मा ।

रोयल च्यालेन्जर्स बैंगलोरको सम्भावित प्लेइङ– ११

विराट कोहली, एफ डु प्लेसिस (कप्तान), एमके लोमर, जीजे म्याक्सवेल, डब्ल्यू हसरंगा, दिनेश कार्तिक (विकेटकीपर), अनुज रावत, एचभी पटेल, मोहम्मद सिराज, जोश हेजलवुड, विजयकुमार विशाक ।