१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल सेट एमडीएमएस प्रणालीमा स्वतः दर्ता गर्न सकिने



अ+ अ-

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइलहरु भन्सार जाँच पास भएपछि स्वतः एमडीएमएस प्रणालीमा दर्ता गर्न मिल्ने जनाएको छ ।

विसं २०८० जेठ १ गतेदेखि यात्रुहरुले आफ्नो साथमा महसुल सुविधामा ल्याउन पाउने मोबाइल फोनसम्बन्धी प्रकाशित सूचना अनुसार मोबाइल सेटहरु दर्ता हुने गरी नेपालमा प्रयोग हुने मोबाइल सेटहरुलाई व्यवस्थित गर्न जेठ १ गतेदेखि एमडीएमएस प्रणालीमा लागू गरिने भएको हो ।

प्राधिकरणका अनुसार निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश २०७७ बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरु सम्बन्धित व्यक्ति स्वयंले राहदानी वा नागरिकता र डिर्पाचर र अराइभल स्ट्याम्प देखिने गरी राहदानीको पृष्ठ वा बोर्र्डिङ पास राखेर दर्ता गर्न सकिनेछ । साथै नेपालभित्र खरिद गर्दा एमडीएमएस प्रणालीमा दर्ता भएको वा नभएको भन्ने यकिन गरेर मात्रै खरिद गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।