७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

उम्मेदवारको खर्च लेखा परीक्षण गराइने

उम्मेदवारको खर्च लेखा परीक्षण गराइने
अ+ अ-

 

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारले बुझाएको खर्च विवरणको लेखा परीक्षण गराउने भएको छ । उम्मेदवारले आयोगमा बुझाएको खर्च विवरण तोकिएको खर्च सीमाको परिधिभित्र छन् । तर उम्मेदवारले चुनाव चित्न सीमाभन्दा बाहिर गएर खर्च गरेको गुनासो बढेपछि आयोगले प्रतिनिधिमुलक लेखा परीक्षण गराउने तयारी गरेको हो ।

आयोग सम्बद्ध उच्च स्रोतले भन्यो, ‘राजनीतिक दलले निर्वाचन महंगो भयो भन्ने गुनासो गर्दै आएका छन् । अर्कोतर्फ दलकै उम्मेदवारले सीमाभन्दा धेरै बाहिर गएर खर्च गर्ने प्रवृत्ति देखियो । उक्त प्रवृत्तिलाई रोक्न उम्मेदवारले बुझाएको खर्च विवरण परीक्षण गरिन्छ । छिट्टै यससम्बन्धी निर्णय हुनेछ ।’

सीमाभन्दा बाहिर गए रकमकै बलमा चुनाव जित्ने प्रवृत्तिले प्रोत्साहन पाउँदा निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा प्रश्न उठाउँदै आएका छन् । तर आयोगले अब खर्च विवरणको वास्तविकता आउने गरी लेखा परीक्षण गराउने तयारी गरेको हो ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ देशभरी पाँच हजार ६३६ हना उम्मेदवार थिए । प्रतिनिधिसभा र प्रदेशसभाका ३७/३७ जना उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । खर्च विवरण बुझाउने पाँच हजार ५६२ जनामध्ये उम्मेदवार छन् ।

सबै उम्मेदवारको खर्च विवरण लेखा परीक्षण गराउन सम्भवन नभएकाले प्रतिनिधिमुलक उम्मेदवारको परीक्षण गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ऐनमा पनि उम्मेदवारले बुझाएको खर्च विवरण अव्यवहारिक देखिएमा वा आयोगलाई शंका लागेमा लेखा परीक्षण गराउन सकिने व्यवस्था रहेकाले आवश्यक देखिए आयोगले निर्णय परीक्षण गरायउन सकिने जानकारी दिनुभयो । यो समाचार गोरखापत्रबाट लिइएको हो ।