• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय

प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन जसपाद्वारा परिपत्र जारी



काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)ले मातहत समिति र सङ्गठनलाई आगामी जेठ २५ गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन शुक्रबार परिपत्र जारी गरेको छ ।

आगामी असार ९ गतदेखि हुने पार्टीको विधान अधिवेशनका लागि प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरिएको सो पार्टीले जनाएको छ ।

यसैगरी जसपाको विधान अधिवेशनमा प्रतिनिधिको सङ्ख्या साता सय ७८ हुने भएको छ । प्रतिनिधिको मापदण्ड तय गर्न बनेको समितिको प्रस्ताव उपर छलफल गरी कार्यकारिणी समिति बैठकले सङ्ख्या टुङ्गो लगाएको हो । केन्द्रीय समितिमा चार सय २३, सात प्रदेश समितिबाट ४९ जना, दश राष्ट्रिय समितिबाट ५० जना, तीन वटा विशेष प्रदेश समितिबाट १२ जना, ४५ वटा जिल्ला समितिबाट एक सय ३५ जना, पाँच वटा महानगरपालिकाबाट पाँच जना प्रतिनिधि रहने व्यवस्था गरिएको सो पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

उनका अनुसार ट्रेड युनियन महासङ्घ, विद्यार्थी, युवा, महिला, कानून व्यवसायीबाट दुईरदुई जना प्रतिनिधि रहने छन् । बौद्धिक पेसाकर्मी, उद्योग वाणिज्य महासङ्घ, किसान महासङ्घ, आदिवासी जनजाति महासङ्घ, खेलकुद महासङ्घ, सांस्कृतिक महासङ्घ, पिछडा वर्ग महासङ्घ, शिल्पी दलित महासङ्घ, थारु सङ्घ, मुस्लिम सङ्घ, सुकुम्वासी सङ्घ, प्रेस युनियनबाट एक÷एक जना प्रतिनिधि हुने छन् ।

यसैगरीमधेस प्रदेश समितिलाई, कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लालाई थप प्रतिनिधिको व्यवस्था गरेको छ । सोअनुसार मधेस प्रदेश समितिलाई पाँच जना, कोशी प्रदेशका धनकुटा, मोरङ र सुनसरी जिल्लाबाट चाररचार जना, मधेस प्रदेशका प्रत्येक जिल्लाबाट पाँचरपाँच जना थप प्रतिनिधि रहने जनाइएको छ । लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेलाई चाररचार जना थप प्रतिनिधिको व्यवस्था गरिएको र केन्द्रीय समितिले १० जना प्रतिनिधि मनोनयन गर्ने जनाइएको छ ।