• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन

मौद्रिक नीतिको समिक्षाले बैंकिङ क्षेत्रको सन्तुलन कायम गर्छः अध्यक्ष केसी



काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीतिको समिक्षाले बैंकिङ क्षेत्रको सन्तुलन कायम गर्ने बताउनुभएको छ ।

अध्यक्ष केसीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाको बैंकर्स संघले स्वागत गरेको भन्दै बैंकिङ क्षेत्रमा देखिएका समस्या केन्द्रित भएर सन्तुलन कायम गर्ने आएको बताउनुभएको हो । उहाँले शुक्रवार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समिक्षाका विषयमा प्रतिक्रिया दिँदै अर्थतन्त्रको चुृनौति र समस्या समाधान गर्ने कोशिस गरेको बताउनु भयो । उहाँले मौद्रिक नीतिको समिक्षामा बैंकिङ क्षेत्रमा देखिएका समस्यालाई समेटिएर सन्तुलन रुपमा ल्याएको बताउनु भयो। उहाँले मौद्रिक नीतिको समिक्षाले बैंकको खराब कर्जा बढ्ने, कर्जाको माग कम हुने जस्ता चुनौतिलाई समाधान गर्न विशेष जोड दिएको बताउनु भयो । उहाँले होटल तथा रेष्टुरेण्ट, पशुपंक्षीपालन, निर्माण क्षेत्रले दिएको बैंकको कर्जा पुनःसंरचना र पुनःतालिकीकरण गर्न पाउने व्यवस्थाले कर्जा संकलनमा देखिएको समस्यालाई सहज बनायने बताउनु भयो। उहाँले कर्जा पुनःसंरचना र पुनःतालिकीकरण गर्न पाउने व्यवस्थाले अफ्ठ्यारोमा परेको उत्पादन उद्योग र निर्माणलाई मद्दत गर्ने बताउनु भयो।

उहाँले भन्नुभयो,‘मौद्रिक नीतिको समिक्षाले अर्थतन्त्रको चुृनौति र समस्या समाधान गर्ने कोशिस गरेको छ । मौद्रिक नीतिको समिक्षालाई बैंकर्स संघले स्वागत गर्न चाहन्छ । मौद्रिक नीतिको समिक्षामा बैंकिङ क्षेत्रमा देखिएका समस्यालाई समेटिएर सन्तुलन रुपमा ल्याएको छ । मौद्रिक नीतिको समिक्षाले धेरै किसिमका चुनौतीहरु जस्तो बैंकको खराब कर्जा बढेर कर्जाको माग कम हुँदै गएको अवस्थालाई विशेष जोड दिएको छ । यसको लागि कर्जा पुनःसंरचना र पुनःतालिकीकरण गर्न पाउने व्यवस्था ल्याएको छ । जसमा होटल तथा रेष्टुरेन्ट, पशुपंक्षीपालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा कोरोनाको समय समस्या परेका थिए ।

साना ऋणहरु थिए जसलाई अफ्ठ्रो भएको थियो। समग्र व्यापार व्यवसाय कम भएको कारण देखिएका चुनौतिहरुलाई सम्बोधन गर्न खोजिएको छ । अफ्ठ्यारोमा परेको उत्पादन उद्योग र निर्माणलाई करिव पुनःसंरचना र पुनःतालिकीकरण गर्न पाउने व्यवस्थाले मदत गर्ने आएको छ । डिभेन्चरको काउण्टलाई डिपोजिटमा काउण्ट गर्ने व्यवस्था पुस मसान्तसम्म पुनःसंरचना र पुनःतालिकीकरण गर्दा १०० अर्बको बैकिङ क्षेत्रलाई उपलब्ध हुन्छ । त्यसले तरलतालाई सहजता गर्ने र बैंकदरलाई घटाएपछि (एसएलएफ)को दर पनि घटन गएर बैंकहरुको बहरिङमा पनि सहता हुने र बैंकको ब्याजदर बिस्तारै कम हुँदै जाने संकेत देखापरेको छ । त्यसैले पोजेटिभ र सन्तुलन कायम गर्ने रुपमा हेरका छौं । बैंक रेट घटेको छ तर पोलिसी रेट यथास्थितीमा राखिएको छ । यसले एसएलएफको रेट कम भएर जाने देखिन्छ । बैंकको कर्जाको ब्याजदर कम हुन थालेको छ । निक्षेपको रेट २.५ प्रतिशतले कम भएको छ । तर तत्काल बैंकको कर्जाको दरमा प्रभाव पार्ने अवस्था छैन ।’

उहाँले मौद्रिक नीतिले स्थायी तरलता सुविधा (एसएलएफ) प्रदान गर्ने बैंक दर १ प्रतिशतले घट्दा तत्काल बैंक कर्जाको ब्याजदरमा असर नपर्ने बताउनु भयो। उहाँले पछिल्लो समय नीतिगत व्यवस्था अनुसार बैंकको निक्षेप र कर्जाको ब्याजदर कम हुँदै गएको बताउनु भयो। उहाँले डिभेन्चरको काउण्टलाई डिपोजिटमा काउण्ट गर्ने व्यवस्था पुस मसान्तसम्म पुनःसंरचना र पुनःतालिकीकरण गर्दा १०० अर्बको बैकिङ क्षेत्रलाई उपलब्ध हुनसक्ने बताउनु भयो। उहाँले १०० अर्ब रुपैयाँ बैंकिङ क्षेत्रमा आउँदा तरलतालाई सहजता आउने बताउनु भयो ।