• ८ असार २०८१, शनिबार
  •      Sat Jun 22 2024
  •   Unicode
Logo
Latest
★   मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन – प्रधानमन्त्री दाहाल ★   भारतीय टोलीका ब्याट्सम्यानको प्रदर्शनबाट सन्तुष्ट छैनन् प्रशिक्षक ★   इटालीको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो ★   स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा – उपप्रधानमन्त्री श्रेष्ठ ★   युक्रेनको उर्जा पूर्वाधारमा रुसी आक्रमण ★   बजेटका कारण सत्ता साझेदार दलबीच समस्या नहुने ★   नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट ★   जङ्गली हात्तीको दारासहित तीन पक्राउ ★   तनहुँमा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु ★   प्रहरीद्वारा एक करोडको सामान बरामद

संघीय गठबन्धनकै आधारमा मधेस सरकार पुनर्गठन हुन्छ, मुख्यमन्त्री जसपाकै रहन्छ : अध्यक्ष यादव



काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संघ सरकारकामा भएको गठबन्धनकै आधारमा मधेस प्रदेश सरकार पुन:गठन हुने बताउनुभएको छ ।

शुक्रवार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले केही दिनभित्रै मधेस सरकार पुन:गठन हुने बताउनुभएको हो । उहाँले संघीय सरकारमा भएको गठबन्धन अनुरुप नै मधेस सरकारमा पनि गठबन्धनको सरकार कायम रहने बताउनु भयो । मुख्यमन्त्रीमा आलोपालो हुने भन्दै उहाँले अहिले भने सरकारको नेतृत्व जसपाले नै गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘यही सरकारमा मन्त्रिपरिषद् बिस्तार हुन्छ । घटक दलका तर्फबाट मन्त्री हुन्छन् । तर मुख्यमन्त्रीमा आलोपालो हुन्छ । संघमा सरकारमा रहेका, पाँच दलिय गठबन्धनको संयुक्त सरकारको रुपमा यो अगाडी बढ्छ । मन्त्रिपरिषद् हेरफेर वा पुन:गठन चाँडै हुन्छ ।’

उहाँले जनमत पार्टी उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको बिरुद्धमा लागेको उल्लेख गर्दै जनमतलाई सरकारमा ल्याउने, नल्याउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको भएको बताउनु भयो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणलाई अपराध भएको टिप्पणी गर्दै कठोर छानबिन हुनुपर्ने बताउनु भयो ।