४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको दोस्रो दिनको बैठकमा पाँच प्रदेशका रिपोर्ट पेश



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको पाँचौँ बैठकको दोस्रो दिन शुक्रबार मिसन ग्रासरुट अभियान अन्तर्गत पाँचवटा प्रदेशका बाँकी रिपोर्ट प्रस्तुत हुने भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरु भएको बैठकमा गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्छ ।

ती रिपोर्टहरुमाथि समूह विभाजन गरी शुक्रवारै छलफल हुने बताइएको छ । पार्टी प्रचार विभागका प्रमुख विष्णु रिजालका अनुसार रिपोर्टहरूमाथि ८ समूहमा छलफल हुनेछ र बैठकसमक्ष प्रदेशका तर्फबाट कार्य योजना पेस हुनेछ । “त्यसलाई एकीकृत रूप दिएर वार्षिक कार्य योजना बनाउन शनिबार बिहान स्थायी कमिटी बैठक बस्नेछ । त्यसपछि बस्ने केन्द्रीय कमिटी बैठकमा कार्य योजना प्रस्तुत हुनेछ”, उहाँले भन्नुभयो ।

बैठकको पहिलो दिन बिहीबार पाँच प्रदेशका संयोजकहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । पहिलो दिन सुदूरपश्चिमबाट सचिव लेखराज भट्ट, कर्णालीबाट सचिव योगेश भट्टराई, लुम्बिनीबाट सचिव छविलाल विश्वकर्मा, मधेशबाट सचिव रघुवीर महासेठ र कोशी प्रदेशबाट स्थायी कमिटी सदस्य तथा इन्चार्ज राजेन्द्र गौतमले प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।