२१ मंसिर २०८२, आईतवार
,
Latest
पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि मन्त्रालयले आवश्यक काम गर्न सकेन, विघटन गरौँः रमेशजंग रायमाझी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले कृषि मन्त्रालय विघटन गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ८५ प्रतिशत तकारी बाहिरबाट आयात गर्नुपर्ने र खाद्यान्न पनि ठूलो मात्रामा विदेशबाट आयात गर्नुपर्ने स्थिति राखिराख्ने हो भने कृषि मन्त्रालयको आवश्यक्ता नरहेको जिकिर गर्नुभयो ।

उहाँले आवश्यक कामको पूर्ति गर्न नसक्ने हो भने मन्त्रालय बनाइरहनुको कुनै औचित्य नरहने बताउनु भयो । उहाँले कृषि मन्त्रालय सबैभन्दा धेरै मन्त्रीहरु परिवर्तन भइरहने मन्त्रालय रहेको उल्लेख गर्नुभयो । उहाँले किसानलाई बालीनालीका लागि असारमा चाहिने मल बाली पाक्ने बेलामा ल्याउनुको औचित्य मन्त्रालयले पुष्टि गर्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कृषि मन्त्रालयको विघटन गर्नुपर्ने जस्तो देखेँ मैले, तरकारी पनि ८५ बाहिरबाट ल्याउनुपर्ने, खाद्यान्न पनि बाहिरबाट ल्याउने हो भने यो मन्त्रालयको के काम छ ? जे को लागि यो मन्त्रालय हामीलाई चाहिने हो, त्यो नहुने भएपछि के को लागि यो मन्त्रालय बनाइराख्ने ? यो मन्त्रालय सबैभन्दा धेरै मन्त्री परिवर्तन हुने मन्त्रालय पनि भएको छ । नयाँ सरकार बनेपछि पनि ४÷५ जना मन्त्री बनिसके । हामीलाई ६ लाख मेट्रिक्टन मल चाहिन्छ, तर हामी ४ लाख मेट्रिक्टन मगाइराखेका छौँ । त्यसमा पनि सबै आएको छैन, हामी पाक्ने बेलामा ल्याउँछौँ, साउन भदौमा ल्याउनुपर्ने हो । के महत्व भयो ।’

सदस्य रायमाझीले नेपाललाई ६ लाख मेट्रिक्टन मल आवश्यक रहेपनि ४ लाख भन्दा आउन नसकेको गुनासो गर्नुभयो ।