६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

आरजु चामल बजारमा

आरजु चामल बजारमा
अ+ अ-

काठमाडौँ । बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले सञ्चालन गरेको राईस मिलले उत्पादन गरेको आरजु राइसमिलको चामल बिहीवार देखि बजारमा ल्याएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राईस मिलले उत्पादन गरको लङ्ग्रेनका चामल सार्वजनिक गरेको हो । मिलका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले किसानले उत्पादन गरेको धानको न्यनतम मूल्य तोकी धान प्राप्त भएको दुई दिनमा नै रकम भुक्तानी गर्ने बताउनु भयो ।

उहाँले विगत दुई दशकदेखि खेतीकिसानीलाई सहता गदै आएको बताउनु भयो। उहाँले किसान र उपभोक्ताबीचको दूरी नजिक बनाउनको लागि राईस मिलले काम गरेको बताउनु भयो । उहाँले राईस मिलमा निफन्नेदेखि,सुकाई र भण्डारसम्म रहेको बताउनु भयो । उहाँले मिलले दुई सिजनमा १० करोड रुपैयाँसम्म किसानलाई भुक्तानी गरेको बताउनु भयो । उहाँले अहिले ४ हजार विघाका किसानहरु आवद्ध भएको र अझ बढ्ने क्रम रहेको बताउनु भयो ।

उहाँले मिलले नेपाली किसान भन्दा अन्य किसानको धान खरिद नगर्ने बताउनु भयो। उहाँले अबको खेतीकिसानी निर्वाहमुखी नभएर व्यवसायिकरण र आम्दानीमुखी बनाउन मिलले योगदान गर्ने बताउनु भयो । उहाँले नेपालमा उत्पादन भएको उत्कृष्ट लामो रामधानलाई प्रशोधन गरेर लङ्ग्रेन चामल बजारमा ल्याएको बताउनु भयो । बस्नेतले हाल बजारमा रहेको लङग्रेन चामलको तुलनामा कम कनिका रहित र स्वादिलो रहेको बताउनु भयो । उहाँले आरजु लङग्रेन चामल काठमाडौं लगायतका बजारमा प्रतिकेजी १३० रुपैयाँमा आएको बताउनु भया े।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठले नेपालमा खाद्यबालीको उत्पादनमा कमी भइरहेको बताउनु भयो । उहाँले अहिलेकै अवस्थामा कायम भए देशमा चरम खाद्य संकट उत्पन्न हुने दाबी गर्नुभयो । उहाँले सरकारले समस्या समाधान गर्नको लागि विभिन्न प्रयासहरु गरिरहेको पनि बताउनु भया ।

उहाँले भन्नुभयो,‘ खाद्यवालीमा अहिलेकै अवस्था कायम भए चरम खाद्य संकटमा पर्नेवालामा छौं । नेपाल गम्भिर अवस्थामा छौं । यसलाई सम्बोधन गर्नको लागि नेपाल सरकारको तर्फबाट प्रयास नभएका होइनन् । सरकारले विगत केही वर्षदेखि राईसमिल मोडलबाट प्रत्येक स्थानीय र प्रदेश सरकारसँग किसानसँग सहकार्य गरेर काम गरिरहेको छ । यो लुम्बिनी प्रदेश र सुदूरपश्चिमबा शुरु भएको हो । त्यस्तै मधेस प्रदेश र कोशी प्रदेशमा पनि सञ्चालित छ । सरकारले प्रदेश प्रदेशमा ७५ लाख देखि १ करोडसम्म रकम विनियोजन गरेका छौं । तराईका ६८ वटा पालिकाहरुमा राइसमिल मोडललाई सहयोग गर्ने गरी मसिना धानको कार्यक्रम सञ्चालन गरेका छौं ।’

उहाँले सरकारले विगत केही वर्षदेखि राईसमिल मोडलबाट प्रत्येक स्थानीय र प्रदेश सरकारसँग किसानसँग सहकार्य गरेर काम गरिरहेको बताउनु भयो। उहाँले लुम्बिनी प्रदेश र सुदूरपश्चिमबाट शुरु भएको भन्दै अब मधेस प्रदेश र कोशी प्रदेशमा पनि सञ्चालित रहेको बताउनु भयो । उहाँले सरकारले प्रदेश प्रदेशमा ७५ लाखदेखि १ करोडसम्म रकम विनियोजन गरेको बताउनु भयो ।