२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारका दोषीलाई कारबाही गर्नेभन्दा तेजोबध गर्न चाल चलिएको छ– ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारका दोषीलाई कारबाही गर्नेभन्दा तेजोबध गर्न चाल चल्ने काम भइरहेको आरोप लगाएका छन् ।

विहीबार पार्टीको पाँचौं केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएक हुन् । ‘भ्रष्टाचारलाई निष्पक्ष ढंगले छानबिन गरेर दृढतापूर्वक दोषीमाथि कारबाही गर्न छाडेर कसरी कसलाई तेजोबध गर्न सकिन्छ भन्ने कुरा पनि चालेका छन्’, उनले भने ।

ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वाग्रही ढंगले कसैलाई फसाउन खोजेको आशंका गरेका छन् । ‘भ्रष्टाचार प्रकरणमा हाम्रै पार्टीका साथीहरूको नाम आएको छ । हाम्रै सरकारमा रहेका साथीहरूको नाम आएको छ । जोसुकैको नाम आवस् यदि दोषी छ भने कारबाही हुनुपर्छ ।’, ओलीले भने, ,जबसम्म मान्छे दोषी ठहरिँदैन दोषी रहन्छ कि भन्ने आशंका गर्न सकिन्छ । तर, हामी अपराधी हो भनेर करार गर्न वा दोषी नै छ भनेर करार गर्न सक्दैनौँ । त्यसको अदालति प्रक्रिया बाँकी हुन्छ । त्यसमा हामीले ढुक्क धारणा बनाउन सक्दैनौं ।’

ओलीले भ्रष्ट क्रियाकलापलाई नियन्त्रण गर्नुपर्ने बताए ।उनले भने, ‘भ्रष्ट क्रियाकलापलाई नियन्त्रण गर्नुपर्छ । हामीले सरकारलाई लगातार यही कुरा भनेका छौं ।’