६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ विदेशमन्त्री वाङ यी चैत्र १२ गते नेपाल आउने



अ+ अ-

काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको ले यही चैत्र १२ (मार्च २६  तारिखमा ) दुई दिने नेपाल भ्रमण गर्ने तय भएको छ । विदेशमन्त्रीको भ्रमणलाई लिएर दुवै मुलुकबीच तयारी भइरहेको बताइएको छ । 

स्रोतका अनुसार विसं २०७६ मा नेपाल र चीनबीच भएको १९ वटा सहमति तथा सम्झौताका सन्दर्भमा विदेशमन्त्री यीको भ्रमण हुन लागेको हो ।  चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच १९ वटा सहमति तथा सम्झौता भएको थियो ।

तिनै सहमति र सम्झौताबारे के कति प्रगति भयो भन्नेबारे छलफल गर्न विदेशमन्त्री यीको भ्रमण हुन लागेको स्रोतले बताएको छ । नेपाल सरकारले नेपाल र चीनबीच सीमा समस्या रहेको सार्वजनिकरुपमै कुरा उठाएपछि विदेशमन्त्रीको भ्रमणका क्रममा सो विषयमा पनि छलफल हुने उच्च स्रोतले जनाएको छ ।

दुई मुलुकबीच चीन–नेपाल सीमा वारपार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन, सीमा सुरक्षा उपकरण तथा कार्यालय उपकरण, सीमा व्यवस्थापन प्रणाली जस्ता विषयमा सहमति तथा सम्झौता भएको थियो ।

भ्रमणका क्रममा विदेशमन्त्री वाङ यी राष्ट्रपति बिद्यादेबी भण्डारी , प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुखदलका शिर्षनेताहरु लाई पनि भेट गर्ने स्रोतले जनायो ।