२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पदाधिकारी बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । पूर्वगृहमन्त्री समेत रहेका पार्टी नेता बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी संलग्न भएको आरोपमा पक्राउ परेपछि सोही विषयमा छलफल गर्नका लागि पदाधिकारी बैठक बस्न लागेको हो ।

हिजो बसेको बैठकमा यस विषयमा सामान्य छलफल भएको थियो । हिजोको बैठकमा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई तत्काल पार्टीबाट निलम्बन गर्न माग गरेका थिए । तर सो विषयमा तत्काल पार्टीले अनुसन्धानमा सहयोग गर्ने मात्रै समझदारी भए पनि निलम्बन गर्ने विषयमा निर्णय भएन ।

आजको बैठकमा खाणलाई निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय हुनसक्नेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि हिजो विहान खाणलाई प्रहरीले पक्राउ गरेको थियो । खाणलाई तीन दिन हिरासतमा राखेर अनुसन्धानका लागि अदालतले अनुमति दिइसकेको छ । सो प्रकरणमा हालसम्म १२ जना पक्राउ परिसकेका छन् । साथै नेकपा एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन् ।