६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ सांसदको मात्रै शतप्रतिशत हाजिर



file
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको पहिलो अधिवेशनमा जम्मा ११ जना सांसदले शतप्रतिशत हाजिरी जनाएका छन् । पाँच महिनामा भएका २८ बैठकमा सांसद मनोरमा शेरचन र टेकबहादुर गुरुङ भने एक दिन पनि उपस्थित भएनन् । शेरचन बिरामी तथा गुरुङ भ्रष्टाचार मुद्दामा निलम्बित भएकाले उपस्थित नभएका हुन् ।

शतप्रतिशत उपस्थित हुनेमा कान्ति सेजुवाल, दिलेन्द्रप्रसाद बडु, देवराज घिमिरे, रघुजी पन्त, रामहरि खतिवडा, रक्मणी राना बराइली, विना लामा, विनिताकुमारी सिंह, संगीता मण्डल, हितराज पाण्डे, ज्ञानु बस्नेत हुनुहुन्छ ।
यसबीच प्रधानमन्त्री पुष्पकमल दाहाल १० पटक, नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवा १२ पटक र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १४ पटक हाजिर हुनुभएको छ । साथै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल २३ पटक हाजिर हुनुभएको छ ।