• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली सहित ८ जना बिरुद्ध आरोपपत्र दायर ★   मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन ★   सेतीमा पक्की पुल: तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै ★   चौतारी संरक्षणमा युवापुस्ताको चासो ★   संसदीय समितिको टीओआरमा दलहरू सहमति नजिक ★   ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन ★   झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान ★   संघीय निजामती सेवा विधेयकमा परिमार्जनको आवश्यकता ★   राष्ट्रियसभाको बैठक पनि सर्‍यो ★   विश्वविद्यालयबाट बिरालोले पायो ‘डाक्टर अफ लिटरेचर’को उपाधि

राजनीतिक मुद्दा फिर्तासम्बनधी विधेयक संसदमा



काठमाडौँ । सरकारले विभिन्न समयमा राजनीतिक दल वा समूहसँग गरेको सम्झौता अनुसार मुद्दा फिर्ता लिनका लागि फैजदारी कार्यविधि संहिता संशोधनको प्रस्ताव गरेको छ । केही नेपाल ऐन संशोधन विधेयकमार्फत सरकारले यस्तो प्रस्ताव गरेको हो ।

जुनसुकै तहको अदालतमा विचाराधीन रहेका मुद्दा फिर्ता लिन सकिने प्रस्ताव विधेयकमा गरिएको छ । विधेयकमा एकै पटक ७९ वटा ऐन संशोधन गरिएको छ ।

सरकारले पछिल्लो समयमा मधेश-थरुहट आन्दोलनलगायतका विभिन्न समूहसँग राजनीतिक सम्झौता गरेको छ । डा सिके राउत समूहसँग सरकारले सम्झौता गरेको छ । संविधान जारी हुने पूर्वसन्ध्यामा भएका विभिन्न आन्दोलनरत समूहमा आबद्ध व्यक्तिका मुद्दा फिर्ता लिने पनि सहमति भएको छ । प्रस्तावित विधेयक पारित भएमा यस्ता सम्झौता अनुसारका मुद्दा फिर्र्ता हुनेछन् ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ मा शान्तिपूर्ण राजनीतिकको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिन सकिने व्यवस्था थप गरएको छ । प्रस्तावमा राजनीतिक दल वा समूहबीच राजनीतिक प्रकृतिका सम्झौताको माध्यमबाट नेपाल सरकार वादी भइ दायर भएका मुद्दा फिर्ता लिने गरी सहमति भएकोमा सम्झौताबमोजिम त्यस्ता राजनीतिक दल वा समूहका नेता तथा कार्यकर्ताविरुद्धमा नेपाल सरकार वादी भइ चलाइएका जुनसुकै मुद्दा जुनसुकै तहको अदालतमा विचाराधीन रहेको भए पनि फिर्ता लिन बाधा पर्ने छैन भनि स्पष्ट उल्लेख छ । यो समाचार आजाको गोरखापत्रमा छ ।