• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन : क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको कसरत ★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले

अनुसन्धानमा बाधा नगर्ने सहमति



काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमरिका लैजाने गिराहमाथिको अनुसन्धानका क्रममा उच्च तहका नेता तानिएपछि प्रमुख दलहरुभित्रै तरंग पैदा भएको छ । निकै पेचिलो यस प्रकरणका कारण प्रमुख राजनीतिक दलका शीर्ष नेताबीचको संवाद पनि बाक्लिएको छ ।

अन्तर्राष्ट्रिय समुदायको ध्यान तान्ने संवेदनशिल विषय भएकाले पनि सरकारले धैर्य र संयमपूर्वक अनुसन्धान प्रक्रिया अघि बढाएको छ । अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले नियन्त्रणमा लिएपछि बुधबार प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच प्रहरी अनुसन्धानमा सहयोग गर्ने समझदारी बनेको छ ।

सत्तारुढ नेपाली कांग्रेस, नेकपा (माओपादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का शीर्ष नेताहरुबीच बुधबार नक्कली भुटानी शरणर्थी प्रकरणसहित समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक सन्दर्भमा छलफल भएको हो ।

प्रधानमन्त्री दाहालले यस प्रकरणमा भइरहेको अनुसन्धानमा कुनै अवरोध नगर्ने समझदारी तीन दलका शीर्ष नेताहरुबीच भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रहरीलेजरी अनुसन्धान अघि बढाएको छ, यसलाई कुनै अवरोध गर्नु हुँदैन भन्नेमा हामी सबैको सहमति छ ।’

उहाँले यस सन्दर्भमा कुनै शंका नगर्न आग्रह गर्नुभयो । उहाँले प्रहरी अनुसन्धानका लागि आफूले आवश्यक निर्देशन दिइसकेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘आंका गर्नुपर्ने कुनै कारण छैन । हामीले प्रष्ट भनेका छौँ, दोषी नछुटोस, निर्दोष नपरोस । प्रहरीले आफ्नो काम ठीक ढंगले गरोस भनेर तैनाथ रहन दिएकै छौँ प्रहरीलाई ।’ यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।