६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

अनुसन्धानमा बाधा नगर्ने सहमति

अनुसन्धानमा बाधा नगर्ने सहमति
अ+ अ-

काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमरिका लैजाने गिराहमाथिको अनुसन्धानका क्रममा उच्च तहका नेता तानिएपछि प्रमुख दलहरुभित्रै तरंग पैदा भएको छ । निकै पेचिलो यस प्रकरणका कारण प्रमुख राजनीतिक दलका शीर्ष नेताबीचको संवाद पनि बाक्लिएको छ ।

अन्तर्राष्ट्रिय समुदायको ध्यान तान्ने संवेदनशिल विषय भएकाले पनि सरकारले धैर्य र संयमपूर्वक अनुसन्धान प्रक्रिया अघि बढाएको छ । अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले नियन्त्रणमा लिएपछि बुधबार प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच प्रहरी अनुसन्धानमा सहयोग गर्ने समझदारी बनेको छ ।

सत्तारुढ नेपाली कांग्रेस, नेकपा (माओपादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का शीर्ष नेताहरुबीच बुधबार नक्कली भुटानी शरणर्थी प्रकरणसहित समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक सन्दर्भमा छलफल भएको हो ।

प्रधानमन्त्री दाहालले यस प्रकरणमा भइरहेको अनुसन्धानमा कुनै अवरोध नगर्ने समझदारी तीन दलका शीर्ष नेताहरुबीच भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रहरीलेजरी अनुसन्धान अघि बढाएको छ, यसलाई कुनै अवरोध गर्नु हुँदैन भन्नेमा हामी सबैको सहमति छ ।’

उहाँले यस सन्दर्भमा कुनै शंका नगर्न आग्रह गर्नुभयो । उहाँले प्रहरी अनुसन्धानका लागि आफूले आवश्यक निर्देशन दिइसकेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘आंका गर्नुपर्ने कुनै कारण छैन । हामीले प्रष्ट भनेका छौँ, दोषी नछुटोस, निर्दोष नपरोस । प्रहरीले आफ्नो काम ठीक ढंगले गरोस भनेर तैनाथ रहन दिएकै छौँ प्रहरीलाई ।’ यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।