२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकारले अर्थतन्त्र उकास्न सक्दैनः सांसद भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्ता गठबन्धन फेरबदल नभइ अर्थतन्त्र चलायमान बन्न नसक्ने टिप्पणी गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रश्तुत गरेका बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान गठबन्धन परिवर्तन नगर्ने हो भने देशको अर्थतन्त्र दुर्घटना हुने निश्चित रहेको बताउनु भयो । उहाँले वर्तमान सरकारलाई विदेशीह र नेपाली लगानीकर्ताले समेत विश्वास गर्न नसकिरहेको दाबी गर्नुभयो । उहाँले अहिलेकै जोडी बनाइरहने हो भने प्रधानमन्त्रीको फिल्म सुपर फ्ल्प हुने निश्चितप्रायः रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार चलेकै छैन, सरकारका संयन्त्र चलेकै छैनन् । कर्मचारीतन्त्र चलैकै छैनन् । कर्मचारीले विश्वास गरेका छैनन् । विदेशीले विश्वास गरेका छैन । नेपाली लगानीकर्ताले विश्वास गरेका छैन । अब यो जोडी कायम राख्ने की जोडी बदल्ने की छोड्ने यो ठाउँमा छलफल गर्नुपर्छ । यही जोडी कायम राख्ने हो भने प्रधानमन्त्रीको फिल्म सुपर फ्ल्प हुने निश्चित छ । किनभने अब यसले कुनै गाढा तान्नसक्ने अवस्था देखिँदैन ।

किनभने चौतर्फी अविश्वास नै अविश्वासको अवस्था सिर्जना भएको छ । हिजो एकजना मान्य सदस्यले भन्नुभयो, अब झारफुकले हुँदैन, सर्जरी नै गर्नुपर्छ । सर्जरी त गर्ने हो, तर उपकरण ठिक छैन, डाक्टर ठिक छैनन् । डाक्टर बदल्ने की उपकरण बदल्ने की, त्यही काम नलाग्ने उपकरण र काम नलाग्ने डाक्टरलाई सर्जरी गर्न लगाउने ? यो वहस हो । यही उपकरण र डाक्टरले बिरामीको सर्जरी गर्न सक्दैन, बिरामीको मृत्यु हुनु अनिवार्य छ । बिरामी बचाउने हो भने माथिल्लो तहबाट वहस हुुनपर्छ ।’

सांसद भट्टराईले वर्तमान अर्थतन्त्र उकास्नका लागि सत्ता गठबन्धनमा फेरबदल आउनु अनिवार्य रहेको उल्लेख गर्नुभयो ।