६ पुष २०८२, आईतवार
,
Latest
परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत पसिनाका गन्धमा सफलता खोज्ने तिवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुन सुरु: अबको एक साता नेपालको आकाशमा घाम नलाग्ने



अ+ अ-

काठमाडौं । अबको एक साता नेपालको आकाशमा घाम नलाग्ने भएको छ । नेपालमा यस वर्षको मनसुन सुरु भएसँगै यो देशभर फैलने क्रममा रहेको छ । बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भेगबाट नेपाल प्रवेश गरेको मनसुनी बादलले आकाश ढाकेका कारण अबको एक साता घाम देख्न नपाइने भएको हो । मौसमविद् वरुण पौडेलले भने, “देशव्यापी रूपमा फैलने क्रममा मनसुनको सक्रियता बढेको छ, त्यसैले एक साताको अवधिमा आकाशको घाम देख्न मुस्किल हुनेछ ।” 

उनका अनुसार कहीँकतै आक्कलझुक्कल घाम देखिहाले पनि त्यो एकदमै थोरै समयका लागि देखिने छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन विशेष बुलेटिनमार्फत नै शनिबारदेखि गण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी भागसम्म मनसुन प्रवेश गरिसेकेको जनाएको छ । एक–दुई दिनभित्र देशव्यापी रूपमा मनसुनले प्रभाव जनाउने भएकाले पनि आकाश खुल्ने सम्भावना छैन।

मनसुनको सक्रियता थप बढेमा अझै लामो समय निरन्तर वर्षा हुने सम्भावना बलियो रहेको जनाइएको छ । आइतबारदेखिको एक साता मनसुन तीव्र सक्रिय भएर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाका साथै थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।