२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीले ३ प्रतिशतसम्म साइनिङ मनी लिन्छन्: देवेन्द्र दाहाल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरुको मिलेमतोमा हुने गरेको बताउनुभएको छ ।

मंगलवार बसेको राष्ट्रिय सभको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार न्युनिकरण गर्न सरकारका प्रतिवद्धताहरु पनि माग गर्नुभयो । उहाँले कर्मचारीले साइनिङ मनीको रुपमा ३ प्रतिशतस्म्म लिने गरेको उल्लेख गर्दै त्यस्ता कामहरु रोक्नका लागि सरकारले कस्ता कदम चालिरहेको छ भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ठाडै ढंगले सचिवबाट हामीले रिपोर्टिङको क्रममा सुन्यौँ, कर्मचारीले साइनिङ मनी लिने । शुरुमा साइन गर्दा, यही सदनमा मैले उठाएको थिएँ । साइनिङ मनी लिने, २,३ प्रतिशत कति हुन्छ, त्यो गोजीमा हाल्ने, ठेकेदारले मोबिलाइजेशनको रकम लिने, त्यो रकम अर्को काममा लगाउने । यो भइसकेपछि आयोजना त लथालिंग हुन्छन्, त्यो आयोजना त अघि बढ्दैन । यस्तै क्रमले यो क्रम अघि बढीरहेको छ । तलबाट भ्रष्टाचारको पुलिन्दा थपिँदै गइरहेका छन् ।’

राष्ट्रिय सभा सदस्य दाहालले कर्मचारी, ठेकेदार र नेताहरुको मिलेमतोमा भ्रष्टाचार हुने गरेको दाबी गर्नुभयो ।