२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भूटानी शरणार्थी प्रकरण: पक्राउ परेकालाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति



अ+ अ-

काठमाडौँ । नक्कली भूटानी शरणार्थी काण्डमा पक्राउ परेकालाई काठमाडौँ जिल्ला अदालतले आइतबार थप ७ दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

अदालतले पक्राउ परेका निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टंक गुरुङ र सागर थुलुङ राईलाई थप ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।

अदालतले पक्राउ पुर्जी जारी गरेका नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझी र बादलपुत्र नवीन थापा बुधबारदेखि फरार छन् ।

प्रहरीले अदालतको अनुमतिले उनीहरुलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने छ ।