• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशमा कार्की सिफारिस हुँदै



फाईल फोटो

काठमाडौँ । आज संवैधानिक परिषदको बैठक बस्ने भएको छ । आज साँझ छ बजेतिर बस्ने बैठकले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गर्नेमा सहमति जुटेको छ ।

सर्वोच्च अदालत लामो समयदेखि कामूको भरमा चलिरहेको छ । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्षको भेटपछि बैठक बस्ने टुंगो लागेको हो ।

यसअघि प्रतिनिधिसमाको पहिलो अधिवेशनका लागि अन्तिम समयमा संवैधानिक परिषद सम्बन्धी (संशोधन) विधेयक पेश गर्ने सहमति भए पनि अन्तिममा आएर रोकिएको थियो । संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्रीलाई विशेषाधिकारसहित बुँदा थप गरेर विधेयक ल्याइएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको थियो ।