१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पा महोत्सव समापन, करिब आठ करोडको कारोबार



अ+ अ-

पाल्पाः पाल्पामा सञ्चालन भएको महोत्सव सम्पन्न भएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा गत वैशाख १४ गते देखि सुरु भएको महोत्सव आज सम्पन्न भएको हो ।

दश दिनसम्म चलेको महोत्सवमा करिब रु आठ करोड बराबरको कारोबार भएको तथा करिब तीन लाख दर्शकले मेला अवलोकन गरेको सङ्घका अध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिनुभयो । स्थानीय उत्पादन, कृषि, घरेलु, पाल्पाली ढाकालगायतका विभिन्न वस्तु मेलाको आकर्षण थिए ।

यहाँ सञ्चालन भएको महोत्सवको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार समापन गर्दै निजी क्षेत्र र सरकार एकापसमा मिलेर काम गर्नुपर्ने बताउनुभयो । अहिले देश चरम आर्थिक सङ्कटमा गुज्रिएकाले आर्थिक चलायमान गर्न, व्यापार व्यावसाय बढाउन निजी क्षेत्र र सरकार मिलेर काम गर्नुपर्ने उहाँको जोड थियो ।

“मेला महोत्सवबाट आर्थिक चलायमान हुने, स्थानीय उत्पादनहरू बिक्री वितरणमा टेवा पुग्ने, स्थानीयस्तरका उद्योगहरू फस्टाउँदै जाने भएकाले उद्योगी व्यवसायी सङ्घसंस्थाले मात्र यस्ता अभियान सञ्चालन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “महोत्सवले आर्थिक क्रियाकलापलाई चलायमान बनाउने हुँदा मेला सञ्चालनमा उद्योग वाणिज्य सङ्घले राम्रो भूमिका खेलेको छ ।”

उहाँले अहिले देशमा उद्योग व्यवसायीभन्दा भिन्न प्रकृतिका विभिन्न क्लब सङ्घसंस्थाहरूले पनि महोत्सव गरेर व्यक्तिगत फाइदा लिने काम भइरहेकाले राज्यले यस्ता संस्थाहरूलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो । स्थानीय सरकारले लगानी गर्ने उचित वातावरण सिर्जना गरिदिए पाल्पाका पर्यटकीय क्षेत्रमा लगानी गर्न आफू तयार रहेको समेत ढकालले प्रतिबद्धता जनाउनुभयो ।