३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि ढाकछोप हुँदैनन्ः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि ढाकछोप नहुने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि बच्न नसक्ने बताउनु भयो । उहाँले सो प्रकरणमा निर्दोष कोही नपर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले संसद बैठकमा सो प्रकरणको सम्बन्धमा कुुरा उठ्नुले सरकारको मनोबल बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मैले भनेको छु दोषि कोही बच्न सक्दैन । निर्दोष कोहीपनि पर्दैन । सरकारको त्यही जोड छ । आज जसरी विषय उठेको छ, त्यसले अझ सरकारकोमनोबल बढाउने काम नै गरेको छ भन्ने मैले ठानेको छु । कसैले त्यहाँ दबाब दिएर केही हुनेवाला छैन ।’