२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारोत्तोलन टोली दक्षिण कोरिया जादै



अ+ अ-

काठमाडौं । एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको जेन्जु प्रस्थान गर्दै छ ।

मे ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामामा सागर भाण्डारीले पुरुष १०९ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । पेरिस ओलम्पिकका लागि छात्र वृत्ति प्राप्त सागर १३ औं दक्षिण एसियाली खेलकुदका रजत विजेता हुन् । प्रतियोगिता पेरिस ओलम्पिक छनोटका रुपमा समेत रहेको छ ।

प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन् । सागरले मे १३ तारिखमा प्रतिस्पर्धा गर्ने छन् ।

टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।