२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी शरणार्थी काण्डमा फेक अडियो मार्फत बदनाम गराउने विरुद्ध अनुसन्धान



अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा नेकपा एमालेका नेताहरुको संलग्नता देखिँदै गएपछि फेक अडियो रेकर्ड गराएर कांग्रेसका केही नेताहरुलाई बदनाम गराउने अभियान सुरु गरिएको कांग्रेसले निष्कर्ष निकालेको छ । नेकपा एमाले भक्तपुरका नेता महेश बस्नेतले एउटा यस्तै फेक अडियो सार्वजनिक गरेपछि कांग्रेसले यसमा कांग्रेसका खास नेताको बदनाम गर्न प्रपञ्च गरिएको बताएको हो ।

उक्त अडियोमा कसले कोसँग कुरा गरेको हो भन्ने नै नखुलाई कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउवा र मञ्जु खाँडलाई जोडिएको छ । प्रहरी विषेश ब्युरोले दिएको रिपोर्टअनुसार हालै सार्वजनिक गरिएको अडियो केही दिनअघि रेकर्ड गरिएको फेक अडियो हो ।

उक्त अडियो कसले रकर्ड गराएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ। उक्त फेक अडियोमा अमूक दुई जना व्यक्तिबीच कुराकानी भएको र त्यहाँ डा आरजु र मञ्जुको नाम मुछिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलगायतका नेताहरु विरुद्ध पक्राउ पुर्जी जारी भएपछि कांग्रेस नेताहरुलाई पनि बदनाम गराउने उद्देश्यले यस्तो फेक सुटिङ गराएर फोन रेकर्ड गरिएको हो ।

“डा आरजु राणा र मञ्जु खाँडलाई मुछेर सार्वजनिक गरिएको अडियो केहीदिन अघि मात्रै रेकर्ड गरेको भेटिएको छ”, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, “कसले रेकर्ड गराएको हो र त्यो आवाज कसको हो भन्ने हामी पत्ता लगाएर कारबाहीको दायरामा ल्याउँछौँ।” अडियोमा मञ्जु खाँडलाई अनामनगरको घरमा गएर ६ करोड दिएको भनिएको छ, जबकी मञ्जु खाँड कोभिड सुरु भएदेखि विगत ४ वर्षदेखि नै चावहिलमा बस्दै आएकी छन् ।

यही फेक अडियोलाई लिएर केही सञ्चारमाध्यामहरुले समाचार बनाएकोमा पनि आपत्ति जनाइएको छ । “समाचार लेख्नुअघि त्यसको भेरिफिकेशन गर्नुपर्ने सञ्चा माध्यमको आरधारभूत दायित्व हो’, ती प्रहरी अधिकृतले भने, “जसले जे सार्वजनिक गर्यो त्यसैलाई समाचार बनाउने प्रपोकाण्डबाट सञ्चार क्षेत्र पनि चनाखो हुनुपर्छ । यसले सञ्चार जगत्कै विश्वसनीयता हराउँछ।