२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्‍मा प्रभावकारी भूमिका खेल्न सांसदहरुलाई ओलीको निर्देशन



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदीय दलको बैठक बसिरहेको छ ।

संसद् भवनको ल्होत्से हलमा जारी बैठकमा संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरुलाई प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका छन् ।

संसदीय गतिविधिहरुको कामलाई प्राथमिकता दिएर अघि बढ्न ओलीले पार्टीका सांसदहरुलाई सचेत गराएका हुन् ।

संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । संसद सचिवालयका अनुसार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद्का दुवै सदनको बैठक अपराह्न ४ बजे बस्ने गरी बोलाइएको छ । बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।