• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   एमाले सचिवालय बैठक बस्दै ★   नयाँ राजनीतिक घटनाक्रममा बालेनको कटाक्ष: काले काले मिलेर खाऊ भाले ★   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम र तितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक ★   कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा के छ ? ★   कांग्रेस–एमाले सत्ता समीकरणमा सहमति, ओली चौथो पटक प्रधानमन्त्री बन्ने ★   बेल्जियमलाई हराउँदै फ्रान्स युरो कपको क्वाटरफाइनलमा ★   स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल युरो कपको क्वाटरफाइनलमा

संसद बैठकमा सांसद उपस्थित नभएपछि विद्युतीय हाजिरी गर्नेबारे छलफल



काठमाडौँ । प्रतिनिधिसभा बैठकमा माननीय सदस्यहरुको डिजिटल उपस्थिति (ईहाजिरी) सुरु गर्नेबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा आज छलफल भएको छ ।

बैठकमा ईहाजिरी सुरु गर्ने र सभाका सदस्यरुको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे भएको छलफलमा हो ।

बैठकमा सभामुख देवराज घिमिरेले भन्नुभयो, “संसद्मा माननीयहरुको उपस्थिति कमजोर भएको छ । सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ । दल तथा माननीयज्यूहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु । संसद् सचिवालयलाई ईहाजिरीको तयारी गर्न, राष्ट्रियसभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु ।”

उहाँले नियमावलीअनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु हुने जानकारी दिनुभयो । सो सम्बन्धमा उहाँले कानून मन्त्री, मुख्य सचेतकसँग छलफल गरेर समय निर्धारण हुने बताउनुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, “सरकार सदनप्रति उत्तरदायी हुनुपर्छ । प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिलाई पनि कानूनमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउँदछु ।”

उहाँले संसदीय सुनुवाई समितिसहित दुई संयुक्त समिति तीन दिनभित्र टुंग्याउनुपर्ने भन्दै समितिको नेतृत्व पनि यही बीचमा टुंग्याउन आग्रह गर्नुभयो ।