२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बइका दुई सिनेमाघरमा सलमान खानको फिल्म राधे रिलिज, पहिलो दिनमा ६ हजार बढीको कमाइ



अ+ अ-

काठमाडौं। बलिउड अभिनेता सलमान खान स्टारर फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाइ’ सिनेमाघरमा रिलिज भएको छ । महाराष्ट्र सरकारले कोरोना कर्फ्यु खुकुलो पारेर राज्यभर सिनेमा हल खोल्ने अनुमति दिएपछि सलमानको फिल्म राधेले हल पाएको हो ।

मुम्बइका दुई सिनेमाघरमा सलमानको फिल्म राधे ठूलो पर्दामा देखाइँदैछ । मालेगांवस्थित ड्राइभ इन सिनेमा र औरंगाबाद स्टारर खिनवासरा सिनेप्लेक्समा यो फिल्म प्रदर्शन भइरहेको छ ।

जानकारीअनुसार मालेगांवमा फिल्मको राती साढे ७ र साढे ९ गरी २ शो र खिनवासरा सिनेप्लेक्समा दिउँसो १२ बजे, ३ बजे, सवा ६ बजे र साढे ९ बजे गरी ४ शो प्रदर्शन भइरहेको छ ।

बलिउड हंगामाले ड्राइभ इन सिनेमाका मालिक तुषार तिषागेलाई उद्धृत गर्दै लेखेअनुसार शुक्रबार राती साढे ७ बजेको शो २२ जनाले गाडीमा बसेर तथा ४० जनाले कुर्सीमा बसेर हेरेका छन् । 

रिपोर्टमा ट्रेडका सूत्रको हवाला दिँदै बताइएअनुसार मालेगांवको ड्राइभ इन सिनेमाले शुक्रबार ३ हजार ५९७ रुपैयाँ ८६ पैसा कमाएको छ । खिनवासरा सिनेप्लेक्सले २ हजार ४२० रुपैयाँ कमाएको छ । शुक्रबार फिल्मको कूल कमाइ ६ हजार १७ रुपैयाँ ८६ पैसा भएको छ ।