२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिम्रिक एयरका सबै उडानमा रोक



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध लगाएको छ । शुक्रबार संखुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणले सिम्रिकका सबै उडान स्थगित गरेको हो ।

प्राधिकरणको अनुसार सिम्रिकका अन्य हेलिकप्टरहरूको विस्तृत निरीक्षण, वायु योग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको लेखा परीक्षणलगायतको लागि उडानमा प्रतिबन्ध लगाइएको हो ।

शुक्रबार दिउसो अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर गएको नाइन एन- एजेजेट हेलिकप्टर भोटखोला-४ सिप्रुङमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका थिए भने स्थानीय भविन गुरुङले ज्यान गुमाएका थिए ।