२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्दै छ सेवाको साख दुई खर्ब नाघ्दै निर्यात



अ+ अ-

काठमाडौँ । सेवा निर्यातबापत नेपालले पहिलो पटक दुई खर्ब रुपियाँभन्दा बढी बराबरको विदेशी मुद्रा आर्जन गर्ने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को राष्ट्रिय लेखा तथ्याङ्कअनुसार मुलुकको सेवा निर्यात चालु मूल्यमा दुई खर्ब दुई अर्ब ९७ करोड रुपियाँ पुग्ने अनुमान गरिएको हो।

खासगरी पर्यटन क्षेत्रमा आएको सुधारका कारण होटल सेवा बिक्री बढ्दा यस वर्ष सेवा निर्यातबाट हुने आम्दानीमा सुधार आउने अवस्था बनेको कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो। ‘यस वर्ष नेपाल भित्रिने पर्यटकको सङ्ख्या पछिल्ला वर्षभन्दा धेरै बढेकाले त्यसबापतको आयमा व्यापक सुधार आएको छ’, उहाँले भन्नुभयो।

नेपाल पर्यटन बोर्डका अनुसार २०७९ साउनदेखि २०८० वैशाख मध्यसम्म साढे छ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्। जुन त्यसअघिको सोही अवधिको तुलनामा डेढ लाखभन्दा बढी हो।

नेपालले विशेष गरी पर्यटन, शिक्षा, यातायात तथा सूचना प्रविधिजस्ता सेवा बिक्री गरेर विदेशी मुद्रा आर्जन गर्दै आएको छ। जसको लेखाङ्कन नेपाल राष्ट्र बैङ्कले गर्छ। यसबाहेक वस्तु निर्यातबापतको हिसाबकिताब भने भन्सार विभागले राख्ने गर्छ।

तथ्याङ्क कार्यालयका अनुसार चालु आवमा वस्तु निर्यात भने एक खर्ब ८२ अर्ब १३ करोड रुपियाँ पुग्ने अनुमान छ। यस हिसाबले वस्तु निर्यातभन्दा नेपालले सेवा निर्यातबाट यस वर्ष बढी आम्दानी गर्ने देखिएको छ।

राष्ट्र बैङ्कका अनुसार चालु आवको आठ महिनासम्म नेपालले भ्रमण शीर्षकअन्तर्गत ३७ अर्ब १२ करोड रुपियाँ विदेशी मुद्रा आर्जन गरेको छ। जुन गत आवको आठ महिनाको तुलनामा करिब शतप्रतिशतले बढी हो। गत चैतसम्म नेपालले सोही शीर्षकमा १८ अर्ब ६९ करोड रुपियाँ बराबरको विदेशी मुद्रा आम्दानी गरेको थियो।

पर्यटक भित्रिएबापत हुने भ्रमण आय बढेकै कारण सेवा निर्यात विगतको तुलनामा बढेको राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा। प्रकाशकुमार श्रेष्ठ बताउनुहुन्छ। ‘पर्यटन क्षेत्रमा आएको सुधारले नै नेपालको सेवा निर्यातको आम्दानी बढाएको देखिन्छ’, उहाँले भन्नुभयो।

पर्यटनबाहेक नेपालमा आएर अध्ययन गर्ने विदेशी विद्यार्थी, विदेशी पर्यटकले नेपालमा आएर लिने यातायात सेवाबाट हुने आम्दानीमा भएको बढोत्तरीलाई पनि राष्ट्रिय तथ्याङ्क कार्यालयले सेवा निर्यातमा भएको सुधारको कारण मानेको छ।

सूचना प्रविधिको छैन तथ्याङ्क

पछिल्लो समय नेपालबाट सूचना प्रविधिसँग सम्बन्धित रहेर ‘आउटसोर्स’को प्रचलन व्यापक बने पनि त्यसबाट हुने आम्दानीको यकिन तथ्याङ्क भने दुवै निकायसँग छैन। सूचना प्रविधि आउटसोर्सबाट भएको आम्दानीको केही तथ्याङ्क सेवा निर्यातमा जोडिए पनि त्यो पूर्ण नभएको कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ।

‘कतिपय त्यस्तो रकम विपे्रषणसँगै आएको हो कि भन्ने अनुमान पनि छ’, उहाँले भन्नुभयो । नेपालबाट वार्षिक एक खर्ब रुपियाँभन्दा बढी आईटी सेवा निर्यात हुने अनौपचारिक तथ्याङ्क छ । विदेशमा सूचना प्रविधिकै सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना भएका संस्थाहरू नेपालमा बढ्दो क्रममा छन्। यसबाहेक व्यक्तिगत तवरबाट पनि सूचना प्रविधि सेवा निर्यात भइरहेको छ।

सूचना प्रविधिको विदेशमा आउटसोर्सिङ बढेपछि सरकारले चालु आवदेखि त्यसलाई कर प्रणालीमा ल्याउने प्रयास पनि सुरु गरेको छ। चालु आवको आर्थिक ऐनमै सरकारले बिजनेस प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर प्रोग्रामिङ, क्लाउड कम्प्युटिङलगायत सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्ने गरेर विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिले करयोग्य आयमा एक प्रतिशत मात्र कर तिरे पुग्ने व्यवस्था गरेको छ। समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।