७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

बढ्दै छ सेवाको साख दुई खर्ब नाघ्दै निर्यात

बढ्दै छ सेवाको साख दुई खर्ब नाघ्दै निर्यात
अ+ अ-

काठमाडौँ । सेवा निर्यातबापत नेपालले पहिलो पटक दुई खर्ब रुपियाँभन्दा बढी बराबरको विदेशी मुद्रा आर्जन गर्ने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को राष्ट्रिय लेखा तथ्याङ्कअनुसार मुलुकको सेवा निर्यात चालु मूल्यमा दुई खर्ब दुई अर्ब ९७ करोड रुपियाँ पुग्ने अनुमान गरिएको हो।

खासगरी पर्यटन क्षेत्रमा आएको सुधारका कारण होटल सेवा बिक्री बढ्दा यस वर्ष सेवा निर्यातबाट हुने आम्दानीमा सुधार आउने अवस्था बनेको कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो। ‘यस वर्ष नेपाल भित्रिने पर्यटकको सङ्ख्या पछिल्ला वर्षभन्दा धेरै बढेकाले त्यसबापतको आयमा व्यापक सुधार आएको छ’, उहाँले भन्नुभयो।

नेपाल पर्यटन बोर्डका अनुसार २०७९ साउनदेखि २०८० वैशाख मध्यसम्म साढे छ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्। जुन त्यसअघिको सोही अवधिको तुलनामा डेढ लाखभन्दा बढी हो।

नेपालले विशेष गरी पर्यटन, शिक्षा, यातायात तथा सूचना प्रविधिजस्ता सेवा बिक्री गरेर विदेशी मुद्रा आर्जन गर्दै आएको छ। जसको लेखाङ्कन नेपाल राष्ट्र बैङ्कले गर्छ। यसबाहेक वस्तु निर्यातबापतको हिसाबकिताब भने भन्सार विभागले राख्ने गर्छ।

तथ्याङ्क कार्यालयका अनुसार चालु आवमा वस्तु निर्यात भने एक खर्ब ८२ अर्ब १३ करोड रुपियाँ पुग्ने अनुमान छ। यस हिसाबले वस्तु निर्यातभन्दा नेपालले सेवा निर्यातबाट यस वर्ष बढी आम्दानी गर्ने देखिएको छ।

राष्ट्र बैङ्कका अनुसार चालु आवको आठ महिनासम्म नेपालले भ्रमण शीर्षकअन्तर्गत ३७ अर्ब १२ करोड रुपियाँ विदेशी मुद्रा आर्जन गरेको छ। जुन गत आवको आठ महिनाको तुलनामा करिब शतप्रतिशतले बढी हो। गत चैतसम्म नेपालले सोही शीर्षकमा १८ अर्ब ६९ करोड रुपियाँ बराबरको विदेशी मुद्रा आम्दानी गरेको थियो।

पर्यटक भित्रिएबापत हुने भ्रमण आय बढेकै कारण सेवा निर्यात विगतको तुलनामा बढेको राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा। प्रकाशकुमार श्रेष्ठ बताउनुहुन्छ। ‘पर्यटन क्षेत्रमा आएको सुधारले नै नेपालको सेवा निर्यातको आम्दानी बढाएको देखिन्छ’, उहाँले भन्नुभयो।

पर्यटनबाहेक नेपालमा आएर अध्ययन गर्ने विदेशी विद्यार्थी, विदेशी पर्यटकले नेपालमा आएर लिने यातायात सेवाबाट हुने आम्दानीमा भएको बढोत्तरीलाई पनि राष्ट्रिय तथ्याङ्क कार्यालयले सेवा निर्यातमा भएको सुधारको कारण मानेको छ।

सूचना प्रविधिको छैन तथ्याङ्क

पछिल्लो समय नेपालबाट सूचना प्रविधिसँग सम्बन्धित रहेर ‘आउटसोर्स’को प्रचलन व्यापक बने पनि त्यसबाट हुने आम्दानीको यकिन तथ्याङ्क भने दुवै निकायसँग छैन। सूचना प्रविधि आउटसोर्सबाट भएको आम्दानीको केही तथ्याङ्क सेवा निर्यातमा जोडिए पनि त्यो पूर्ण नभएको कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ।

‘कतिपय त्यस्तो रकम विपे्रषणसँगै आएको हो कि भन्ने अनुमान पनि छ’, उहाँले भन्नुभयो । नेपालबाट वार्षिक एक खर्ब रुपियाँभन्दा बढी आईटी सेवा निर्यात हुने अनौपचारिक तथ्याङ्क छ । विदेशमा सूचना प्रविधिकै सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना भएका संस्थाहरू नेपालमा बढ्दो क्रममा छन्। यसबाहेक व्यक्तिगत तवरबाट पनि सूचना प्रविधि सेवा निर्यात भइरहेको छ।

सूचना प्रविधिको विदेशमा आउटसोर्सिङ बढेपछि सरकारले चालु आवदेखि त्यसलाई कर प्रणालीमा ल्याउने प्रयास पनि सुरु गरेको छ। चालु आवको आर्थिक ऐनमै सरकारले बिजनेस प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर प्रोग्रामिङ, क्लाउड कम्प्युटिङलगायत सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्ने गरेर विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिले करयोग्य आयमा एक प्रतिशत मात्र कर तिरे पुग्ने व्यवस्था गरेको छ। समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।