• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

सत्ता गठबन्धन बैठक: प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनु नपर्ने निष्कर्ष



काठमाडौं । सत्ता गठबन्धन बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ।

सिंहदरबारमा बसेको गठबन्धन बैठकले उक्त निष्कर्ष निकालेको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । बैठक पछि पाण्डेले संञ्चारकर्मीहरुसंग भन्नुभयो ‘अहिले त विश्वासको मत लिनुपर्ने किसिमको संवैधानिक व्यवस्था छैन। त्यस्तो आवश्यकता परेको छैन ।’

उहाँले भन्नुभयो ‘राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि विश्वासको मत लिनुपर्ने पनि संवैधानिक व्यवस्था छैन ।’