३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूटानी शरणार्थी प्रकरणबारे प्रधानमन्त्रीः फिल्मको ट्रेलर देखाएका छौँ, सिंगो फिल्म बाँकी छ



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरु खुल्दै जाने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले अब भ्रष्टाचारका ठूला फाइलहरु खुल्दै जाने बताउनुभएको हो । उहाँले कुनैपनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने बताउनु भयो । उहाँले अहिलेको नेपालीलाई भूटानी शरणार्थी बनाइ बेच्ने कुरा ट्रेलर मात्रै रहेको उल्लेख गर्दै पूरा फिल्म देख्न बाँकी रहेको बताउनु भयो । उहाँले अब आफूहरुलाई ठूला घेराबन्दी र दबाबहरु आउनसक्ने भन्दै उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवि जनसमुदाय साथमा भएसम्म कसैले केही गर्न नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले घोषणा गरेको थिएँ, अब भ्रष्टाचारीहरुको फाइल खोलिन्छ, कुनैपनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया शुरु भएको छ । यो शुरुवात मात्रै हो । यो ट्रेलर मात्रै हो, हेर्दै जानुस्, सिंगै फिल्म देखिन्छ । सिंगै फिल्म देखिनेवाला छ । त्यसपछि पक्कै पनि ठूला घेराबन्दी होलान्, ठूला दबाबहरु आउलान्, धम्कीहरु होलान्, धेरै चिजहरु हुनसक्छ, यो बीचमा तर हाम्रो उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवि जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी दबाब र धम्कीको सामना गरिनेछ ।

म लगायत केही नेता साथीहरु माईतीघर मण्डलाको चिसो पिच बाटोमा पलेँटी कसेर बसेका थियौँ । धेरै थिएनौँ । त्यतिबेला सरकारमा हुनेहरुले र अहिले भूटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने मान्छे मध्येकाहरुले बडो व्यंग्य गरेर चिसोमा प्रचण्डको हालतमा हेरत भन्थे, माओवादी कमजोर भएको छ, ३२ सिटे हाम्रो नामाकरण भएको छ, हामी फेरि एक पटक गर्जियौँ भने बहुमतमा हामी पुग्छौँ ।’

प्रधानमन्त्री दाहालले आफ्नो पार्टीलाई ३२ सिटे भन्ने गरेको उल्लेख गर्दै फेरि एक पटक गिर्जनसके बहुमतमा पुग्ने बताउनु भयो ।