२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीसँगको भेटपछि प्रधानमन्त्रीको प्रतिक्रियाः भ्रष्टाचारीहरुलाई कानूनअनुसार कारबाही हुन्छ



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारीहरुलाई कारबाही गर्नेकुरामा सरकार दृढताकासाथ अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।

शनिवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले भ्रष्टाचारबिरुद्धको सरकारको अभियान नरोकिने स्पष्ट पार्नुभयो । उहाँले भ्रष्टाचारबिरुद्धको अभियान प्रक्रिया र पद्धतिअनुसार अघि बढ्ने बताउनु भयो । उहाँले दोषी नछुटाउने र निर्दोषी नफस्ने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो अभियान रोकिँदैन, प्रक्रिया, पद्धतिअनुसार दृढताकासाथ अघि जान्छ । दोषी कोही नछुट्न्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट हामी अघि बढ्छौँ । म दबाबमा पर्दिन, कारबाही अघि बढ्छ ।’

प्रधानमन्त्री दाहालले आफू दबाबमा नपरीकन काम गर्ने बताउनु भयो ।