• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

कांग्रेस पदाधिकारी बैठक बस्दै



file

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक केही बेरमा पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने भएको हो ।

उक्त बैठकमा नेविसंघ, तरुण दल र महिला संघका पदाधिकारीलाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ ।

हालसम्म नेविसंघमा दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, महिला संघमा उषा मिश्र अध्यक्षमा मनोनित भएपनि अन्य पदाधिकारीहरु भने चयन हुन सकेका छैनन् ।