७ श्रावण २०८३, बिहीबार
,
Latest
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा प्रधानमन्त्री शाह नेपाल अग्र्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु पुष्पलाल स्मृति दिवस मनाइँदै झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकप्टर दुर्घटनाका घाइतेलाई उपचारको लागि काठमाडौँ ल्याइँदै



तस्वीर: वाङ् भोटे
अ+ अ-

काठमाडौँ । संखुवासभाको भोटखोला ४ सिप्रुङको जिजिङ्खामा अप्पर अरुण हाइड्रोको सामान लाने क्रममा हेलिकप्टर दुर्घटनामा परेको छ ।

सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन् ।

पाइलट सुरेन्द्र पौडेल, को–पाइलट, टिम सदस्य छिरिङ भोटे (चेपुवा), स्थानीय भबिन गुरुङ घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारको लागि काठमाडौँ ल्याइँदैछ ।

हेलिकप्टरको पंखा पहाडमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।