२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएसजी छाड्दै मेस्सी



अ+ अ-

एजेन्सी । अर्जेन्टिनी फरवार्ड तथा कप्तान लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने भएका छन् ।

सिजनको अन्त्यसँगै विश्व च्याम्पियन मेस्सीले पिएसजी छाड्ने भएका हुन् । मेस्सीले अर्को वर्षको लागि नवीकरण गर्ने विकल्पको साथ सन् २०२१ मा पेरिसमा दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेका थिए । तर, क्लब आर्थिक चपेटामा परेकोले उनले नवीकरण नगर्ने भएका छन् । आर्थिक समस्याका कारण क्लबले युरोपेली खेलको शीर्ष स्थानमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने कुरामा मेस्सी विश्वस्त छैनन् ।

उनका बुबा जर्ज मेसीले केहि हप्ता अघि पेरिस सेन्ट-जर्मेनका फुटबल सल्लाहकार लुइस क्याम्पोसलाई मेस्सीले नवीकरण नगर्ने जानकारी दिएका बताईएको छ।

मंगलबार मात्रै पीएसजीले मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको छ । क्लबको अनुमति बिना साउदी अरब गएको उनलाई निलम्बन गरेको हो । जसका कारण मेस्सीको दुई साताको पारिश्रमिक पनि कटौती गरिएको छ । यससँगै मेस्सीले ट्रोएस र एजासियोविरुद्धको खेल गुमाउनेछन् ।

बार्सिलोनाले मेस्सीलाई नोउ क्याम्पमा फर्काउन उत्सुक छन् । तर, आर्थिक मन्दीका कारण बार्सिलोनाले मेस्सीलाई घर फर्काउने सम्भावना असम्भव जस्तै देखिएको छ । बार्सिलोनाका सर्वाधिक गोलकर्ता रहेका मेस्सीले क्लबको आर्थिक समस्याकै कारण सन् २०२१ मा नोउ क्याम्प छाड्न बाध्य भएका थिए।

मेस्सीलाई अनुबन्ध गर्न मेजर लिग सकर क्लब इन्टर मियामी र साउदी अरेबियाको अल हिलालले प्रयास थालिसकेको छ ।

३५ बर्षिय मेस्सी अझै पनि युरोपेली फुटबलको शीर्ष स्थानमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता राख्दछन् । मेस्सी पाँचौपटक च्याम्पियन्स लिग जित्ने नजरमा छन् । तर, बार्सिलोना जानु असम्भव देखिन्छ ।

मेस्सीले पीएसजीका लागि ७१ खेलमा ३१ गोल र ३४ असिस्ट गरेका छन् । यस्तै, उनले पीएसजीका लागि गत सिजन लिग १ को उपाधि पनि जितेका थिए । शीर्षस्थानमा रहेको पिएसजी ५ अंकले अघि छ । पिएसजी पछिल्लो ११ सिजनमा नवौं उपाधि जित्ने लक्ष्यमा छ ।

मेस्सीले बार्सिलोनाका लागि ७७८ खेलमा ६७२ गोल गरेका छन् । गत डिसेम्वरमा अर्जेन्टिनाबाट विश्वकप जितेका मेस्सी आठौं पटक बालोन डिओरको दावेदार छन् ।